गृह मन्त्रायलले भन्याे - आरजु र सिटौलालाई पक्राउ गर्न निर्देशन दिएका छैनौँ

दर्पण दैनिक ११ असार २०८०,१७:५७
post

काठमाडौं । गृह मन्त्रालयले नेपाली कांग्रेसकी नेतृ आरजु देउवा र नेता कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको बताएको छ । 'उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट कुनै व्यक्तिलक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको व्यहोरा अवगत गराउँछु,' गृहका सहप्रवक्ता केदारनाथ शर्माले बताएका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेसँगै सबै मुद्दामा स्वच्छ, निष्पक्ष र दबाबरहित ढङ्गले अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरीलगायतका सुरक्षा निकायलाई निर्देशन दिएको तर व्यक्तिलक्षित निर्देशन नदिइएको सहसचिव शर्माले उल्लेख गरेका छन् ।

भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबाबरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन भइरहेको बताइएको छ । सोमबार आर्थिक दैनिकमा 'नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन' शीर्षकमा समाचार छापिएको थियो। उक्त समाचार अन्य केही सञ्चारमाध्यमले पनि छापेका थिए । ती समाचार सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

समाचारबारे खण्डन गर्दै मन्त्रालयले पत्रिकालाई पत्र पठाउँदै न्याय निरुपणको क्रममा रहेको विषयका बारेमा कुनै पनि समाचार प्रकाशन गर्दा सम्बन्धित पक्ष वा पदाधिकारीबाट पुष्ट्याई हुने प्रबन्ध मिलाउन संवेदनशील हुन भनेको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७