काठमाडाैं । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय विपद् उद्धार कार्यदल-१ सामाखुशीमा कार्यरत प्रहरी जवान गोबिन्द परियार पुरस्कृत भएका छन् । ईनारमा खसेकाे महिलाकाे सकुशल उद्धार गरेकाे भन्दै उनलाई पुरस्कृत गरिएकाे हाे ।
काभ्रे पनौती नगरपालिका ९ सुनथान स्थायी ठेगाना भई हाल ललितपुर, महालक्ष्मीस्थान नगरपालिका २ रेखा यादवको घरमा डेरामा बस्ने सुरज महतको श्रीमती वर्ष २९ को न्यूटन प्रधान माघ ०१ गते कपडा सुकाउने क्रममा ३५ फिट गहिरो ईनारमा खसेकी थिइन् ।
३५ फिट गहिरो ईनारमा खसेको महिलालाई प्रहरी जवान गोबिन्द परियारले सकुशल उद्धार गरेका थिए । नेपाल प्रहरीको छबिलाई उच्च बनाउन सफल भएको भन्दै परियारलाई सम्मानसहित पुरस्कृत गरिएकाे हाे ।
कुशलता पूर्वक ईमान्दार, बफादार, लगनशिल र सिर्जनशिल भई कार्य सम्पादन गरेकोले अभिलेखमा जनिने गरि नगद पुरस्कारद्वारा पुरस्कृत गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google