प्रहरीमा अब आर्थिक अपराध हेर्न छुट्टै ब्यूरो !

दर्पण दैनिक २२ पुष २०८०,१४:३७
post

गण्डकी । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन्‌ । गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।

‘पछिल्लो समय बैंकिङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रूपमा बढेका छन् । गण्डकी प्रदेशमा मात्र गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई सय प्रतिशतले त्यस्ता घटनामा वृद्धि आएको पाइएको छ’, महानिरीक्षक कुँवरले भने, ‘आर्थिक अपराधका घटनाले व्यक्ति वा कुनै संस्थालाई मात्र नभइ सिङ्गै राष्ट्रको अर्थतन्त्रलाई गम्भीर असर पुर्‍याउने भएकाले यस्ता घटनाको नियन्त्रणमा प्रहरी प्रधान कार्यालय संवेदनशील भएर लागिपरेको छ ।’ उनले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुव्र्यसनी, सामाजिक कसूरलगायत चुनौतीका रूपमा देखा परिरहेको उल्लेख गरे ।


लागुऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएर जिल्ला तहमा लागू गर्न लागिएको महानिरीक्षक कुँवरले बताए । ‘प्रहरीकै अगुवाइ र व्यवस्थापनमा सुधार केन्द्र स्थापनाका लागि पहल भइरहेको छ । यसमा तीनै तहका सरकारको सहयोग रहनेमा हामी विश्वस्त छौँ’, उनले भने । 

उनले वैदेशिक रोजगार, अध्ययन, भ्रमण आदि उद्देश्यले नेपालबाट अन्तरदेशीय आवातजावत बढेकाले ती क्षेत्रसँग सम्बन्धित अपराधको जोखिम बढेको धारणा राख्नुभयो । महानिरीक्षक कुँवरले पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले पोखरामा पर्यटनमैत्री सेवालाई थप विस्तार गरिने जानकारी दिए ।

नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित गोष्ठीमा प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका प्रहरी प्रमुखलगायत प्रहरी अधिकृतको सहभागिता थियो ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: