काठमाडौं । अरुण चौधरी पक्राउ परेका छन् । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो । सिआईबीले उनलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो ।
सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको छ । थापालाई प्रहरीले बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो । प्रहरीले अरुणलाई पक्राउ गरेपछि थापालाई पनि हिरासतमा लिएको हो । सिआईबीले अनुसन्धान गरिरहेको यो मुद्धा अख्तियारमा पनि चलिरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google