
काठमाडौं । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा जोडिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।
नक्कली शरणार्थी प्रकरमणमा मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार पक्राउ परेका थिए ।
त्यही प्रकरणमा जोडिएका पाण्डेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । यसअघि पक्राउ परेका केशव दुलाल र राईको बयानका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google