राष्ट्रपति पौडेलले नियुक्त गरे प्रधानसेनापति

दर्पण दैनिक १२ भाद्र २०८१,१३:३४
post

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अशोकराज सिग्देललाई नयाँ प्रधानसेनापतिमा नियुक्त गरेका छन् । सरकारको सिफारिसमा सिग्देललाई राष्ट्रपति पौडेलले भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधानसेतापतिमा नियुक्त गरेका हुन् ।

योसँगै सिग्देल नेपाली सेनाको ४५औँ प्रधान सेनापति बनेका छन् । नेपाली सेनाको परम्परा अनुसार प्रभुराम शर्माले अवकाशमा जानु एक महिनाअघि साउन २४ गतेदेखि बिदा बसेर सिग्देललाई बुझबुझारथ गरेका थिए ।

यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सरकारको सिफारिसमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।

उमेर विवादको छानबिनमा परेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सेनापतिको रोलक्रममा सिग्देल आएका हुन् ।

३७ वर्षदेखि सैनिक सेवामा कार्यरत सिग्देल भैरहवाका हुन् । उनले त्रिभुवन विश्वविद्यालय रणनीतिक अध्ययन र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर सकेका छन् ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post