सिआइबीद्वारा १२५ पक्राउ, ४३ मुद्दा दर्ता, यी हुन् मुख्य मुख्य सफलता

दर्पण दैनिक ६ श्रावण २०८०,१३:०१
post

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

विभिन्न कसुरमध्ये सबैभन्दा बढी ठगीको देखिएको उनले बताए । सिआइबीका अनुसार ठगीमा ७५ जना पक्राउ गरी उनीहरूविरुद्ध २६ वटा मुद्दा दर्ता गरिएको छ । जुवासम्बन्धी कसुरमा ११ जना विरुद्ध दुई मुद्दा, नागरिकतासम्बन्धी एक जना विरुद्ध एक, सङ्गठित अपराधमा दुई जना पक्राउ गरी एक मुद्दा दर्ता भएको सिआइवीले जनाएको छ । 

यस्तै खेलसम्बन्धी तीन जनाविरुद्ध एक, दुरसञ्चार हानीसम्बन्धी १४ जना विरुद्ध दुई, सहकारी ठगीमा १४ जना पक्राउ गरी पाँच, लिखतसम्बन्धी चार जनालाई पक्राउ गरी तीन मुद्दा र राष्ट्र बैंक तथा बैंकिङ कसुरमा एक–एक वटा मुद्दा दर्ता भएको जनाइएको छ । आर्थिक अपराध अनुसन्धानको सिलसिलामा आठ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको जनाइएको छ । 

यस्तै लिखतरठगीरवैदेशिक रोजगाररनागरिकता ऐनअन्तर्गतको कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । वन्यजन्तु तथा वातावरणीय अपराध अनुसन्धानमा आठ अपरेशन सञ्चालन गरेर ३५ जनालाई पक्राउ गरी कानुनी कारवाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको छ । मुद्दा फैसलातर्फ सजाय ठहर भई फरार रहेका विभिन्न एक सय २५ जना प्रतिवादीलाई पक्राउ गरी रु ३० करोड छ लाख जरिवना असुल र एक सय २९ वर्ष कैद सजाय फस्र्योटका लागि अदालतमा पठाइएको छ । 

 

यस्तो छ, सिआइबीले सार्वजनिक गरेको वार्षिक अपराध अनुसन्धान प्रगति समिक्षा पूर्णपाठ

 

समाजको बिकासक्रमसँगै अपराधको कार्यविधि र त्यसमा प्रविधीको प्रयोग बढ्दै गएको वर्तमान सन्दर्भमा अपराध गर्ने शैली र अपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकोले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुदै गइरहेको छ । अपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लागे सँगै अपराध अनुसन्धान कार्य प्राविधिक रुपमा अझै जटिल हुदै गईरहेको छ । राष्ट्रिय हितमा प्रतिकुल प्रभाव पार्ने जटिल, गम्भिर, जघन्य, संगठित प्रकृतिका एवं आम सरोकारका घटनाको पूर्ण व्यवसायिक ढंगले अपराध अनुसन्धान गर्ने  र अनुसन्धानका विधि र पद्दतिमा समयानुकुल संस्थागत क्षमता अभिवृद्धि गर्ने निर्दिष्ट लक्ष्य बोकेको नेपाल प्रहरीको विशिष्टीकृत निकायको रुपमा स्थापित केन्द्रीय अनुसन्धान व्युरोले चालु आर्थिक  वर्ष २०७९/०८० मा गहन प्रकृतिका मुद्दाको सफल अनुसन्धान गरी संलग्न व्यक्तिहरुलाई कानूनको दायरामा ल्याएको छ, जसको तथ्याङ्कगत विवरण निम्नानुसार छन्:

मुद्दा दर्ता:

सि.नं. मुद्दा शिर्षक मुद्दा दर्ता जम्मा पक्राउ
  ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसूर २६ ७५
  जुवा सम्बन्धी कसूर ११
  नागरिकता ऐन तथा लिखत सम्बन्धी कसूर
  संगठित अपराध (सुन चोरी पैठारी)
  राष्ट्रिय खेलकुद विकास ऐन,२०७७ अन्तर्गतको कसूर
  दुरसंचार हानी नोक्सान(VOIP) १४
  सहकारी ठगी १४
  लिखत सम्बन्धी कसूर
  नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर
  बैंकिङ कसूर
जम्मा ४३ १२
  • जघन्य अपराध तर्फ
  • ज्यानसम्बन्धी कसुर (घटना घटदाका बखत प्रतिवादी नखुलेका) : विगत मिति २०७८ साल असोजदेखि २०८० साल बैशाखसम्म घटित १० वटा ज्यान सम्बन्धी कसुरमा घटना घट्दाका बखत खुल्न नसकेकका संलग्न २६ व्यक्तिहरुको पहिचान गरी कानूनी दायरामा ल्याएको ।

 

मुख्य घटनाहरुको विवरण

  • आर्थिक लाभका लागि जीवन बिमा गर्ने र ज्यानसम्म लिने योजनाबद्द घटना:  मिति २०७८।०१।०२ गते जि. बाँके, कोहलपुर न.पा. -११ बस्ने बर्ष २१ को सर्जन बि.क. मोटर साइकलमा घर तर्फ फर्की आउने क्रममा ऐ.ऐ बैजनाथ गाउपालिका-६ लालपुरको भित्री सडकमा टोप बहादुर राना क्षेत्रीले विपरित दिशाबाट चलाएको मिनी बसले ठक्कर दिई उपचारको क्रममा मृत्यु भएको सवारी ज्यान मुद्दामा मिति २०७८।१०।२५ गते जिल्ला अदालत, बाँकेको फैसला बमोजिम सवारी चालक टोप बहादुर राना क्षेत्रीलाई कैद दिन ३० र जरिवाना रु.२,०००।- र मोटरसाईकल धनी सरदार अहमद खाँ (बीमा अभिकर्ता) ले सफाई पाएको घटनामा यस ब्यूरोबाट थप अनुसन्धानबाट उक्त घटनामा बीमा कम्पनी माथी ठगी गर्ने जि. स्याङ्जा वालिङ-६ हाल जि. बाँके, को.न.पा.वडा नं ११ बस्ने वर्ष ३१ को सन्जीव अर्याल, ऐ.ऐ. बैजनाथ गा.पा-८ बस्ने वर्ष ३३ को टोप बहादुर राना क्षेत्री, ऐ.ऐ. कोहलपुर न.पा. ११ बस्ने वर्ष ३८ को दिपक के.सी., ऐ.ऐ. कोहलपुर-१५ बस्ने वर्ष ३२ को सरदार अहमद खाँ, ऐ.ऐ. कोहलपुर -०२ बस्ने वर्ष २१ की सपना मल्ल, ऐ.ऐ. कोहलपुर -१ बस्ने वर्ष २१ की ललिता सापकोटा र ऐ. बस्ने जानुका रिजाललाई विभिन्न मितिमा पक्राउ गरी  रु २ करोड ५० लाख बिमा दावी गरि भुक्तानी लिएको ईन्स्योरेन्स ठगी/ज्यान सम्बन्धी कसूर मुद्दामा अनुसन्धान गरी कानूनी दायरामा ल्याईएको ।
  • बिद्युतिय धरापमा पुरुष र महिलाको मृत्यु भएको शंकास्पद घटना: मिति २०७९।०६।२७ गते राती देखि शरद आचार्य र रोशनी महतरा आ-आफ्नो घरबाट हराईरहेकोमा निजको आफन्त र स्थानियहरुले खोजतलास गर्ने क्रममा मिति २०७९।०६।३० गते जि. दाङ तुलसीपुर उमनपा-१३ डाँडागाँउ स्थित जनकल्याण सामुदायिक वनको चिरो खोल्सोमा सँगै एउटै खाडलमा गाडेको अवस्थामा दुईवटा शवहरु फेला परेकोमा यस ब्यूरोको अनुसन्धान टोली खटिई उक्त घटनामा संलग्न व्यक्तिहरु पत्ता लगाई, उक्त अपराधमा संलग्न जि. दाङ तुलसीपुर उपमहानगरपालिका-१३ बस्ने वर्ष ३९ को गणेश भन्ने हरिश चन्द्र पौडेल, वर्ष ४७ को प्रकाश भन्ने अम्मर राज कार्की, वर्ष ३८ को नुमानन्द कार्की र वर्ष ३१ को खिम बहादुर बुढा यादवलाई मिति २०७९।०८।१८ गते पक्राउ गरी कानूनी दायरामा ल्याइएको ।
  • होटल सञ्चालीकाको निर्मम हत्या: मिति २०७९/१०/१४ गते रातको अं. २३:३० बजेको समयमा जि बाग्लुङ बडिगाड गा.पा. ३ सिमखानी घर भई हाल जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडा नं. ७ न्वारा स्थित कृष्णहरी सापकोटाको घर भाडामा गंगा होटल सञ्चालन गरी बस्ने वर्ष ५८ की गंगा भन्ने गोपाल कुमारी मिति २०७९/१०/१५ गते आफ्नै होटलमा हात, खुट्टा र मुखमा कार्टुन टेपले बाधी मृत अवस्थामा फेला परेको उक्त घटनामा संलग्न व्यक्तिहरु पत्ता लगाई, घटनामा संलग्न प्रतिवादीहरु मध्ये थम्मन घर्तिलाई मिति २०७९/११/२२ गते, गोरे भन्ने लोक बहादुर दर्लामीलाई मिति २०७९/११/२३ गते, का.जि. चन्द्रागिरी न.पा. – ९ इन्द्रनगरबाट र चमेरे भन्ने शिव बहादुर तामाङलाई मिति २०७९/१२/०१ गते जि. काभ्रेपलाञ्चोक धुलिखेल न.पा.-७ हुर्खाबाट पक्राउ गरी कानूनी दायरामा ल्याइएको ।
  • महिलाको हत्या गरी पानि ट्याङकीमा फालेको घटना: मिति २०७९/१२/१२ गते जि.तनँहु म्यादे गा.पा.-४ मनहरी स्थित पिपलटार खानेपानी उपभोक्ता समुहको खानेपानी ट्याङ्की भित्र सडिगली दुर्गन्धित अवस्थामा फेला परेकी जि. धादिङ गंगाजमुना गा.पा.-४ स्थायी घर भई जि. कास्की पोखरा म.न.पा.-१२ अमरसिंह चोक बस्ने शान्ती श्रेष्ठको हत्या गरी फालेको घटनाको अनुसन्धानको लागि यस ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धानको क्रममा चित्र भन्ने प्रकाश सुनारलाई मिति २०७९/१२/१५ गते पक्राउ गर्न सफल भएको । निजले मृतकको हत्या गरी लगाएको सुनका गरगहना लुटपाट गरी बिक्री गरेको खुल्न आएपश्चात सम्बन्धित पसलबाट ८० लालको सुनको ढिक्का बरामद गरी उक्त पसल संचालक रबिन कुमार गहतराजलाई समेत नियन्त्रणमा लिई दुबैजनालाई मिति २०७९/१२/१६ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा बुझाईएको ।
  • निरू किचेन पसलकी सञ्चालीका निरा पाण्डे आचार्यको बिभत्स हत्या :-मिति २०८०/०१/०७ गते का.जि. का.म.पा.-६ सरस्वतिनगर स्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर पसलमा जि. बाग्लुङ, बडिगार्ड गा.पा.-५ घर भई हाल कपन बस्ने बर्ष ३५ कि निरा पाण्डे आचार्यको धारिलो हतियारबाट घाईते अवस्थामा फेला पारी उपचारको लागी उपचारको क्रममा मृत्यु भएको शंकास्पद घटनामा घटना पश्चात फरार मेचीनगर न.पा-१० घर भई हाल  भक्तपुर मध्यपुर थिमी न.पा – १ लोकन्थलीमा कोठा भाडा गरी बस्ने बर्ष ३५ को बिनोद बिश्वकर्मालाई केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर काठमाण्डौं र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा मिति २०८०/०१/१६ गते राती २२:०० बजेको समयमा जिल्ला झापा बिर्तामोडबाट पक्राउ गरि कानूनी दाया ल्याउन सफल भएको ।
  • घुरहु भन्ने राम समुझ पासीको गोलि हानि हत्या:– मिति २०७९।०५।१० गते  जि. कपिलवस्तु, मायादेवी गा.पा.-०६, मद्रहवा, बस्ने वर्ष ६४ को घुरहु भन्ने रामसमुझ पासीलाई जिल्ला कपिलवस्तु मायादेवी गा.पा.-०७ बनकसिया, स्थित बिरेन्द्र चौहानको खाली घरमा अपरिचित व्यक्तिले गोली हानी घाईते बनाई भागेकोमा निजको उपचारको लागि तौलीहवा अस्पताल लगिएकमा चिकित्सकले मृत घोषणा गरेको घटनामा यस ब्युरोबाट खटि गएको अनुसन्धान टोलीले घटनामा संलग्न ब्यक्तिको पहिचान गर्नुका साथै घटनामा संलग्न जि. कपिलवस्तु, मायादेवी गा.पा. वडा नं. ०५ बलुही राम चन्द्र अहिर, ऐऐ बस्ने मनोज कुमार यादव र  बिचौवापुर बस्नेवर्ष २६ मुकेश कुमार यादवलाई विभिन्न मितिमा पक्राउ गरी थप कानूनी कारवाहीको लागि जि.प्र.का. कपिलवस्तुमा बुझाइएको ।
  • ज्यानसम्बन्धी कसुर (अपराधमा संलग्न रही फरार) : यस आ.ब.मा घटित १४ वटा ज्यान सम्बन्धि मुद्दामा २१ जना प्रतिवादीहरुलाई पक्राउ गरी कानूनी कारवाही गरिएको ।

मुख्य घटनाहरुको विवरण

  • १९ बर्ष पुरानो (२०६१) हत्यामा संलग्नलाई पक्राउ: जिल्ला रुपन्देही मायादेबी गा.पा.-७ मा भिम बहादुर यादबलाई मिति २०६१/०१/२८ गते कुटपिट गरी छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रही फरार जितई भर भन्ने जितेन्द्र राज भर समेतलाई मिति २०७९/०९/२६ गते पक्राउ गरी कानूनी कारवाहीको लागि जि प्रहरी कार्यालय रुपन्देहीमा बुझाईएको ।
  • १९ बर्ष पुरानो (२०६१) हत्यामा संलग्नलाई पक्राउ: जिल्ला रुपन्देही दुधराक्ष गा.वि.स.-३ बुद्धनगर स्थित आफ्नै घरको कोठामा राधिका दर्जीलाई मिति २०६१।०८।२४ गते चिर्पटले हानी हत्या गरी बारदात पश्चात फरार रहेका गोपाल दर्जी भन्ने खुमे दर्जीलाई मिति २०८०।०१।१३ गते पक्राउ गरी कानुनी कारबाहीको लागी ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा बुझाईएको ।
  • १६ बर्ष पुरानो (२०६४ साल) हत्यामा संलग्नलाई पक्राउ: काठमाडौं जिल्ला का.म.न.पा वडा नं.-३४ शान्तिनगरमा मिति २०६४/०८/१४ गते नगेन्द्र लिम्बु, रिजन राई समेतलाई धारिलो हतियार प्रहार गरी मिति २०६४/०८/१७ गते घाईते मध्येका नगेन्द्र लिम्बुको मृत्यु भएको घटनामा वारदात पश्चात फरार रहेका प्रतिवादी मध्येका पुष्पराज लिम्बुलाई मिति २०७९।०९।१४ गते पक्राउ गरी कानूनी कारवाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वरमा बुझाईएको ।
  • १६ बर्ष पुरानो (२०६४ साल) हत्यामा संलग्न २ जनालाई पक्राउ: बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.-५ का बिकास के.सि.को जिल्ला कपिलबस्तु शिवपुर गाविस-०१ शिवपुर स्थित महेन्द्र राजमार्ग सडक खण्डमा मिति २०६४।१२।३० गते धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेको घटनामा वारदात पश्चात फरार रहेका प्रतिवादीहरु भिम बहादुर बुढाथोकी समेत २ जनालाई मिति २०७९।१२।२४ गते पक्राउ गरी कानूनी कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा बुझाईएको ।
  • १५ बर्ष पुरानो (२०६५ साल) हत्यामा संलग्नलाई पक्राउ: जिल्ला कपिलवस्तु वाणगंगा-८ सिद्दिपुर चोक बस्ने बिष्णु प्रसाद पाण्डेको मिति २०६५/०६/०९ गते जिल्ला कपिलवस्तु भलवारी गा.वि.स. वडा नं. ३ वहादुरगंज स्थित तौलिहवा जाने हुलाकी सडकमा शव फेला परेको घटनामा संलग्न रही फरार वावु खां मुसलमान समेत २ जनालाई मिति २०७९/०९/२७ गते  पक्राउ गरी  कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाईएको ।
  • आर्थिक अपराध अनुसन्धान तर्फ

आर्थिक अपराध अनुसन्धानको सिलसिलामा सहकारी ठगी-२, ठगी-४, लिखत-१ र VOIP-२ गरी ८ वटा मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको ।

  • सहकारी ठगी: शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि. भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला भित्रका विभिन्न शाखाहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेको करिब १२ अरब र अन्य वित्तिय संस्थाको करिब ५ अरब रकम र सो को ब्याज अपचलन गरी विभिन्न व्यवसायहरुमा सहकारी ऐन,२०७४ र सहकारी नियमावली,२०७५ को प्राबधान विपरित कर्जा प्रवाह गराई सहकारी संस्थाको लगानीमा संचालित विभिन्न व्यवसायहरुबाट प्राप्त हुनु पर्ने रकम समेत सहकारीको खातामा प्राप्त नगरी ठगी गर्ने कार्यमा संलग्न पूर्व अध्यक्ष केदारनाथ शर्मा सहित ७ जनालाई विभिन्न मितिमा पक्राउ गरि आवश्यक कारवाही गरिएको ।
  • पृथ्वी बहादुर शाहको ठगी एवं आपराधिक कार्य:  ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा दर्जनौं कम्पनीहरुका नाममा शंकास्पद कारोबार देखिएको र सम्बन्धित निकायहरुबाट कारोबार गर्ने अनुमति प्राप्त नगरि कम्पनीहरु संचालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उदेश्य भन्दा फरक प्रकृतिका कार्यहरु गरेको, अमेरिकी  नागरिकहरुको कम्प्युटरमा पहुचँ पुर्‍याई Anti Virus नविकरण बापतको रकम पठाउनु भनि झुक्याई, विश्वास दिलाई निजको खाताबाट अमेरिकी डलर ट्रान्सफर गरेको साथै अन्य विदेशी नागरिकहरुलाई समेत झुक्याई, विश्वासमा पारी बेईमानीपूर्वक Wirescam गरी SWIFT मार्फत करिब USD ४६,४६,७३७, GBP १९,८२५ र क्यानडियन ३,४०,०००. रकम प्राप्त गरी, गैह्र कानूनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उदेश्यले ठगी गरी प्राप्त रकम निजले संचालन गरेका विभिन्न कम्पनी तथा विभिन्न व्यक्ति तथा संस्थाहरुको खातामा ट्रान्सफर गरी ठगी गरी प्राप्त भएको रकम लिने खाने कार्यमा संलग्न पृथ्वी बहादुर शाह समेत ८ जना व्यक्तिहरुलाई मिति २०७९/०९/२२ गते काठमाडौं जिल्लाका विभिन्न स्थानहरुबाट पक्राउ गरी कानूनी दायरामा ल्याईएको । (विगो मागदावी USD 4,546,639, GBP 22,000 र Canadian Dollar 3,400,000)
  • धर्मको नाममा ठगी गर्ने शिवसुत गौरी बाबा: शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्ले समेतले काठमाडौं स्थित हाम्रो अभियान नेपाल र OM AASHRAM NEPAL नामक संस्था खोली “परिवारको भबिष्य आमाको हातमा हाम्रो अभियान तपाईको साथमा” भन्ने नारा बनाई पीडितहरुलाई स्वदेशी तथा विदेशी कम्पनीमा रकम लगानी गर्न अभिप्रेरित गराउने उद्देश्यले पीडितहरुको जम्मा रु. ५,००,००,०००।- भन्दा बढि र १०० तोला भन्दा बढि सुन एवं सुनका गरगहना समेत लिई ठगी गरी फरार भएका निज शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई मिति २०८०/०३/०९ गते पक्राउ गरी कसूर मुद्दामा अनुसन्धान गरी कानूनी दायरामा ल्याईएको ।
  • Nepal T-20 Cricket Tournament  मा भएको Spot Fixing : नेपाल क्रिकेट संघको आयोजना तथा सेभेन थ्री स्पोर्ट्स प्रा.लि.को रणनितिक तथा व्यवसायिक साझेदारीमा त्रि. वि. किर्तीपुर, काठमाडौंको क्रिकेट मैदानमा मिति २०७९/०९/०९ गते देखि २०७९/०९/२७ गतेसम्म सञ्चालन भएको नेपाल टी-२० क्रिकेट लिगमा लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले खेलमा मिलोमतो तथा अनियमितता गरी राष्ट्रको प्रतिष्ठा, खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा आँच पुर्‍याउने किसिमका गतिविधिहरूमा संलग्न पूर्व राष्ट्रिय खेलाडी महवुव आलम, राष्ट्रिय खेलाडि मोहमद आदिल आलम र स्थानिय नितेस गुप्तालाई मिति २०७९/१०/०९ गते पक्राऊ गरी अनुसन्धान गरी कानूनी दायरामा ल्याईएको ।
  • लिखत/ठगी/बैदेशिक रोजगार/नागरिकता ऐन अन्तर्गत कसुर: १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
  • नेपाल सरकारको १४३ रोपनी जग्गा (ललिता निवास) संगठित रुपमा सरकारी छाप र दस्तखत किर्ते मुद्दा:  मरजंग कार्यालयका कार्यरत प्रमुख मुकुन्द प्रसाद पन्तको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राम कुमार सुवेदी समेत भएको काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं. ४ स्थित ललिता निवास क्याम्पको १४३ रोपनी ७ आना १ दाम सरकारी जग्गा किर्ते कागजातहरु तयार गरी हिनामिना गरेको सरकारी छाप दस्तखत किर्ते तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादीहरु मध्येका प्रतिवादी मीन बहादुर गुरुङ समेत १७ जना प्रतिवादीहरुलाई मिति २०८०।०३।१२ गतेदेखि विभिन्न मितिमा पक्राउ गरी थप अनुसन्धान भईरहेको ।
  • वन्यजन्तु तथा वातावरणीय अपराध अनुसन्धान तर्फ:

कारवाही: ८ वटा अपरेशन सञ्चालन गरेर संलग्न ३५ जनालाई पक्राउ गरी कानूनी कारवाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाईएको ।

सचेतनामुलक कार्य:  वातावरण तथा वन्यजन्तु अपराध अनुसन्धान र सचेतना सम्बन्धी नेपाल प्रहरी-४ वटा र नेपाली सेना-२ वटामा १४० जना कर्मचारीहरुलाई अनुशिक्षण तालीम दिइएको ।

  • चितवन जिल्लाको चतुरमुखी सामुदायिक वन र नवजागृती सामुदायिक वन उपभोक्ता समितिको सिमानामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैंडा मारी खाग काटेको सफल अनुसन्धान: जिल्ला काठमाण्डौ का.म.पा.-७ सरस्वतीनगर टोलबाट अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको अवस्थामा संरक्षित वन्यजन्तु गैंडाको खाग थान-१ (तौल ५२२ ग्राम) सहित ईन्द्रमणी आचार्य र जमुना कुमारी शर्मा समेत २ जनालाई मिति २०७९।०९।१९ गते पक्राउ गरिएको तथा अनुसन्धानबाट खुल्न आएका गैडा मार्ने र खाग किनबेचमा संलग्न गिरोहका थप १३ जना मानिसहरुलाई विभिन्न मितिमा पक्राउ गरी कानूनी दायरामा ल्याइएको ।
  • नारायणी नदिको किनारमा मृत माऊ र बच्चा गैंडा को सफल अनुसन्धान: जिल्ला पूर्वी नवलपरासी मध्यविन्दु न.पा.-२ सितापुर स्थित नारायणी नदीको (घोल) किनारमा विद्युतिय धराप (Electric shock) थापी २ वटा (माउ र बच्चा, १४/४ वर्षको केटो) गैँडा मिति २०७९।१०।०६ गते मारेर माउको खाग काटेर लगेको घटनामा संलग्न कृष्ण बहादुर महत समेत ३ जनालाई संरक्षित वन्यजन्तु गैँडाको खाग थान १ सहित मिति २०८०।०२।१२ गते पक्राउ गरी कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय नवलपरासी (ब.सु.प.) मा बुझाईएको ।

बरामद भएका आखेटोपहार

सि.नं. विवरण वरामद आखेटोपहार पक्राउ प्रतिवादी कै.
१. गैंडाको खाग थान-२ १८  
२. गैंडाको खाग जस्तो वस्तु थान-१  
३. सालकको खपटा र जिवित हुचिल १ को उद्दार १५.३९८ के.जी.  
४. चितुवाको छाला थान-१  
५. कस्तुरीको वीना जस्तो वस्तु थान-५  
६. सालकको खपटा र हात्तिको दाह्रा किनबेचमा संलग्नरही फरार १६२ र १५ के.जी. फरार प्रतिवादी पक्राउ
  • फैसला कार्यान्वयन तर्फ:

सम्मानित अदातलको विभिन्न फैसलाले सजाय ठहर भई फरार रहेका विभिन्न १२५ जना प्रतिवादीहरुलाई पक्राउ गरी रु. ३०,०६,४८,११४।- जरिवना असुली र १२९ बर्ष ०१ महिना २४ दिन कैद सजाय फर्छ्यौटको लागि सम्मानित अदालतमा बुझाईएको ।

ज्यान सम्बन्धि कसुर: –५ जना

ज.ज.क. कसुर:          –५ जना

बैङ्किङ कसुर:         –१०५

अन्य:                      –१४ जना

  • अपराध अनुसन्धानमा प्राविधिक सहायता तर्फः अपराधिक घटनामा प्रविधिको प्रयोग र विस्तार सँगैका चुनौतीलाई चिर्दै प्रविधिकै माध्यमबाट प्रमाणमुखी अनुसन्धान गर्न सम्बन्धित निकायलाई विविध प्रकृतिका प्रविधि परिक्षण गरी सहयोग  गरिएको:

Voice Spectrum Analysis (VSA) परिक्षण:        -४७ वटा

Mobile फरेन्सिक:                                                -२५६ वटा

Email तथा Computer फरेन्सिक:                         -५५ वटा

Data Retrieval (CCTV) फरेन्सिक:                     -२ वटा

 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: