सोलुखुम्बु । लिखुपिके गाउँपालिकाले वडा नम्बर १ र २ साविकको गोली गाविसमा सञ्चालन भइरहेको हिमस्टार ऊर्जा प्रालीले केही दिनअघि गरेको शेयर निष्कासन सम्बन्धीको सूचनालाई मध्यनजर गरी महत्वपूर्ण निर्णयहरूलाई अघि सारेको छ । पालिकाले गत सोमबार बसेको १९ औं गाउँ कार्यपालिकाको बैठकमा प्रस्ताव पेश गरी निर्णय गरेको हो ।
त्यस्तै "पुरै लिखुपिके गाउँपालिका नै प्रभावित क्षेत्र भएकाले सोही अनुसार यस लिखुके गाउँपालिकाभित्रका सबै नागरिकले भर्न मिल्ने गरी स्थानीय सेयर आइपिओ वितरण गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुरोध गर्ने निर्णय गरियो" निर्णयपत्रमा भनिएको छ ।
पालिकाले गरेको निर्णयहरू नेपाल धितोपत्र बोर्ड र हिमस्टार ऊर्जा प्रालीसँग सहमति भएमा लिखुपिके बासीहरु लाभान्वित हुने देखिएको छ । त्यस्तै गाउँपालिका भित्रका पाँचवटै वडाका फलफुल उत्पादन गर्ने किसानहरु मध्येबाट पाँच उत्कृष्ट किसानहरु छनोट गरी पुरस्कृत गर्ने निर्णय भएको पनि निर्णयपत्रमा उल्लेख गरिएको छ ।
यस्तो छ गाउँ कार्यपालिकाको बैठकले गरेका निर्णयहरू
मिति: २०८२ असार ३ गते
प्रस्तुत विषयमा यस लिखु पिके गाउँपालिकाको मिति २०८२ असार २ गते बसेको उन्नाइसौं गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेका केही महत्वपुर्ण निर्णयहरु तपशिल बमोजिम छन्
तपशिल
१. यस लिखु पिके गाउँपालिका वडा नं. १ र २ साविकको गोली गा.वि.स. मा संचालन भएको हिमस्टार ऊर्जा प्रा.लि.ले प्रभावित क्षेत्रका स्थानीयहरुलाई स्थानीय शेयर (IPO) निष्काशनको सूचना प्रकाशन गरेको, उक्त हिमस्टार ऊर्जा प्रा. लि. को PPA र EIA प्रतिवेदनमा साविकको गोली गा.वि.स. हालको २ नं वडा को स्थानीयका लागि मात्र शेयर भर्नका लागि उक्त हाइड्रोपावार निर्माण कम्पनीले सूचना प्रकाशन गरेको, साविकको गोली गा.वि.स. हालको वडा नं. १ समेत छुट्न गएको हुँदा उक्त गोली गा.वि.स. वडा नं. १र२ लगायत पुरै लिखु पिके गाउँपालिका नै प्रभावित क्षेत्र भएकाले सोही अनुसार यस लिखु पिके गाउँपालिका भित्रका सबै नागरिकले भर्न मिल्ने गरि स्थानीय शेयर (IPO) वितरण गर्नका लागि नेपाल धितो पत्र बोर्डमा अनुरोध गर्ने निर्णय गरियो ।
२. गाउँपालिकाको ५ वटै वडा भित्र रहेका फलफुल उत्पादन गर्ने किसानहरु लाई उत्कृष्ट किसान पुरस्कृत कार्यक्रम संचालन गर्नका लागि ५ जना कृषकहरुको सूची कृषि शाखाबाट छनौट गरि यस गाउँपालिका कार्यालयमा पेश गर्ने र सोही बमोजिम आएको सूची अनुसार पुरस्कृत गर्ने निर्णय गरियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google