बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ । दिउँसो ३ः३० बजे आसपासमा स्थानीय नवदुर्गा होटलमा ग्यास सिलिण्डर विष्फोट हुँदा बुढीगंगा नगरपालिका–६ स्थित बाक्का बजारमा भीषण आगलागी भएको थियो ।
बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले आगलागीबाट ४० वटा घर पसल जलेर पूर्णरुपमा नष्ट भएको जानकारी दिएका छन्। ‘सुरुमा एउटा सिलिण्डर पड्किएर आगो लागेको पछि त अरु पसलमा भएका त्यही पसलमा भएका सिलिण्डर पड्किएर सबै ध्वस्त भयो उनले सुनाए।’
उनले भने, ‘४० बढी पसल पूर्णरुपमा ध्वस्त भएका छन्। क्षति आँकलन गर्न सकिएको छैन । तीन घण्टामा बल्लतल्ल आगो नियन्त्रणमा आएको छ।’ उनले दमकल नहुँदा आगो नियन्त्रणमा लिन समस्या भएको बताएका छन् । उनले भने, ‘हामीसँग दमकल थिएन । गाग्री, बाल्टी ट्यांकरमा पानी ल्याएर आगो नियन्त्रणमा लिन सफल भइयो।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google