नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को प्रदेश सभा (क) को अगुवाइमा संकलन गरएिको ३ लाख २७ हजार १ सय रुपैयाँ सहयोग रकम बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले हस्तान्तरण गरे ।
काभ्रे । तेमाल गाउँपालिका वडा नं ७ का ब्लड क्यान्सर पीडित ११ बर्षीय अंकितकुमार मोक्तानको उपचारको लागि आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को प्रदेश सभा १ (क) को अगुवाइमा संकलन गरिएको ३ लाख २७ हजार १ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरकिो हो । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले सो रकम पीडित बालकका बुबा अनिलकुमार मोक्तान र आमा शान्ती तामाङलाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।
बाबुको उपचारमा सहयोग पुगोस् भन्ने उद्धेश्यले नेपाली कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमिति सदस्यबाट संकलित १ लाख १ सय र अन्य सहयोगी दाताबाट संकलित रकम समेत गरी ३ लाख २७ हजार १ सय रकम हस्तान्तरण गरिएको अभियानको संयोजन गरेका नेपाली कांग्रेस प्रदेश १ ९क० क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष रमेश तामाङले जानकारी दिए ।
सहयोग हस्तान्तरण गर्दै मन्त्री लामाले बालकको उपचारको लागि पार्टीका साथीहरुबाट सहयोग संकलन गरी हस्तान्तरण गरिएको बताउँदै सरकारको तर्फबाट पनि उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सहयोगप्रति आभारी रहेको जनाउँदै आफ्नो बाबुले नयाँ जीवन पाउने आशा जागेको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रम नेपाली काग्रेस क्षेत्र नं १ (क) का सभापति राम योञ्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, महाधिवेशन प्रतिनिधी शान्ती तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का उपसभापति रणबहादुर तामाङ, सचिव दावा फेञ्चु लामा, नेपाली कांग्रेस क्षेत्र नं २ (क) का सचिव सजय तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का कोषाध्यक्ष रमेश तामाङ, सदस्य डम्बर लामा, तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङ, रोशी गाउँपालिकाका प्रवक्ता वसन्त लामा, नेपाल तरुण दलका केन्द्रीय सदस्य स्मिता मोक्तान, समाजसेवी अरुणकुमार श्रेष्ठ, विकास लामालगायत नेता कार्यकर्ताको उपस्थिती थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google