‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ सुरु

दर्पण दैनिक २३ कार्तिक २०८०,१४:४७
post

काभ्रे । जिल्लाको खानीखोला गाउँपालिकामा ‘दोस्रो खानीखोला कप खेलकुद प्रतियोगिता’ सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले रेफ्री उज्वल तामाङलाई फुटबल हस्तान्तरण गरेसँगै खेल सुरु भएको हो । उद्घाटन खेल वडा नं. ४ र वडा नं. ५ को ‘ए’ टिम बिच भएको थियो । जसमा वडा नं. ४ ‘ए’ ले ४–० ले वडा नं. ५ ‘ए’ लाई पराजित गर्दै विजय सुरुवात गरेका छन् । वडा नं. ४ ‘ए’ को लागि राजु मोक्तानले २ गोल, पवन गुरुङ र विशाल मोक्तानले समान १/१ गोल गरेको थियो ।


पहिलो हाप अघि १ गोलले पछि परेको वडा नंं. ५ ‘ए’ लाई वडा नं. ४ ‘ए’ ले दोस्रो हापपछि थप ३ गोल गरि जित सुनिश्चित गरेको हो । नकआउट चरणमा खेलिएको कप कात्र्तिक २५ गते फाइनल हुने छ ।

अध्यक्ष थिङले गाउँपालिकाको खेलकुद विकास समितिका आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात गर्दै खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगितामा फुटबल र भलिबल समावेश गरिएकोमा कराँतेतर्फको विधालाई पनि केही समयपछि नै सञ्चालन गर्ने बताए ।

दोस्रो खानीखोला कपमा फुटबलतर्फ ८ र भलिवलतर्फ ५ टिम सहभागी रहेका छन् । भलिवल विधाका सम्पुर्ण खेल विहीबार (२३ कार्तिक)बाट सुरु हुनेछ ।

खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेम प्रकाश लामाले फुटबलमा विजेतासँगै द्वितीय र तृतीय हुने टिमले पुरस्कार स्वरूप क्रमशः ४० हजार रुपैयाँ, ३० हजार र २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताए ।

त्यस्तै भलिबल तर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । फुटबलमा प्रथम कपमा भन्दा यसपटक पुरस्कार राशी बढाउँदा भलिबलमा भने यथावत् राखिएको छ । गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक लामाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई गापाको टिममा समावेश गरिने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङसँगै नेकपा एमाले खानीखोलाका अध्यक्ष डम्बर तिमल्सिना, नेपाली काँग्रेस खानीखोलाका सचिव विष्णु तिमल्सिना, नेकपा (माओवादी केन्द्र)का देवन सिं लामा, वडा अध्यक्षहरु सागर जिम्बा, निशान मोक्तान, बुद्धि बहादुर स्याङ्तान, बृहस्पति घिसिङ, निर्वतमान वडाध्यक्षहरु वीर बहादुर वाईबा, दुर्गा तिमल्सिना सहित जनप्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेका थिए ।


विवाद सिर्जना गर्नेलाई स्वतः खेलबाट हटाइने, उजुरीको लागि २ हजार ५ सय लाग्ने

समिति संयोजक लामाले कुनै खेलाडीको उजुरी गर्नु परेमा नगद २ हजार ५ सय सहित आवश्यक प्रमाणहरू संलग्न गरेर मात्रै उजुरी दिनु पर्ने बताए । उनले अनावश्यक विवाद सिर्जना गर्ने टिमलाई आयोजकले स्वतः खेलवाट हटाउन सक्ने बताए ।

उनले एक वडाको खेलाडीहरू अन्य वडामा समावेश गर्न नपाइने र एक टिममा खेलाडी र कोच तथा व्यवस्थापक सहित १५ जनासँगै खेलाडीले अपशब्द तथा अस्लिल चरित्र देखाएमा स्वतः खेलबाट हटाइने गरी नियम समेत बनाएको बताए ।

अनुशासन उल्लंघन गर्ने खेलाडी वा टिमलाई खेलबाट निष्काशन गर्नुका साथै कुनै प्रकारको दावी विरोध परे अन्तिम निर्णय आयोजकको हुने उनको भनाइ छ ।

खेल नकआउट चरणमा खेलाइने प्रतियोगितामा टिम दर्ता गर्दा खेलाडीले स्थायी बसोबास गरेको परिचय खुल्ने कागजात (नागरिकता, मतदाता परिचय पत्र तथा खेलकुद विकास समितिको परिचय पत्र) आदि संलग्न राख्नु पर्नेछ समितिले जनाइएको छ ।

त्यस्तै खेलकुद विकास समितिले एक विधामा खेल खेल्ने खेलाडी अर्को विधामा खेल्न नपाउने जारी सुचनामा उल्लेख गरिएको छ । यसअघि नयाँ वर्षको अवसर पारेर ‘प्रथम खानीखोला कप प्रतियोगिता’ आयोजना गरेको आयोजकले यसपटक भने तिहार तथा छठ पर्वको अवसरमा दोस्रो खानीखोला कप प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: