काभ्रे । रोशी गाउँपालिका ४ सानोपोटाका अग्नी पीडितलाई अन्तराष्ट्रिय लाईन्स क्लव डिस्ट्रिक्ट ३२५ एफ नेपालले राहत वितरण गरेको छ । रोशी उद्योग वाणिज्य संघको समन्वयमा आगलागी भएको स्थानमै पुगेर करीव साढे २ लाख भन्दा बढी रकम बराबरको राहत वितरण गरिएको हो ।
केही दिन अगाडि सामुदायिक वनमा लागेको आगो बस्तिमा पसि १५ घर, १० वटा गोठ र ८ वटा चर्पी जलेर नष्ट भएका थिए । आगलागीको घटना दिउसो भएकाले मानव र पशु चौपाया क्षति चाहि भएको थिएन । आगलागीबाट प्रहरीको मुचुल्का अनुसार करोडौँको क्षती पुगेको थियो ।
शनिबार रोशी उद्योग वाणिज्य संघका अध्यक्ष मनिष वलको नेतृत्वमा लाईन्स क्लवका संस्थापक अध्यक्ष कृष्ण ज्योती शाक्यको टोली राहत वितरण गर्न पुगेको थियो । राहत वितरण गर्दै शाक्यले आगलागीको दुःखद खबर सुन्ने वितिकै सहयोग संकलनमा लागेर केही सामग्री लिएर आएको बताए । प्राकृतिक विपदमा केही मल्हम लगाउँ भन्ने लागेकोले दुःख साट्नको लागि सानोपोटा आईपुगेको उनले बताए ।
अन्तराष्ट्रिय लाईन्स क्लव डिस्ट्रिक्ट ३२५ एफ नेपालका संस्थापक अध्यक्ष शाक्यले भने, ‘हामीले केही समय अगाडी मात्र तराई र रामेछापमा भएको घटनामा राहत पठाएको थियौँ । त्यस लगतै यो घटनाको सूचना प्राप्त भयो । हाम्रा साथीहरूले खाजाको पैसा कटाएर संकलन गरेर आएका हौँ । हामीले अहिले तत्कालका लागि चाहिने केही सामग्रीहरू लिएर आएका छौँ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google