भुम्लु गाउँपालिकाले ल्यायो ५८ करोड ६८ लाखको बजेट

दर्पण दैनिक ११ असार २०८०,१७:२८
post

काभ्रे ।  भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५८ करोड ६८ लाख १८ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँ सभाको १३औं अधिवेसनमा उपाध्यक्ष जितेन्द्रमान तामाङले विनियोजन विधेयक प्रस्तुत गरेका हुन् । 

५८ करोड ६८ लाख १८ हजार रुपैयाँको बजेटमा वडास्तरीय योजनाका लागि ३ करोड ५० लाख, गाउँपालिकास्तरीय योजनाका लागि २ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । विनियोजन विधेयकमा गिट्टी, ढुङ्गा बालुवाबाट ५ करोड र अन्य राजश्व आम्दानी स्वरुप १ करोड ५० लाख आम्दानीको अनुमान गरिएको छ ।

त्यस्तै, समपुरक योजना १ करोड ३० लाख, प्रशासनिक ब्यय १४ करोड ५० लाख, सिर्जित दायित्व २ करोड ५ लाख र विषयगत शाखाहरुका लागि ८ करोड रकम विनियोजन गरिएको छ ।


गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । सो नीति तथा कार्यक्रममा गरीब, अपांग, दलित तथा पिछडा वर्गलाई निःशुल्क स्वास्थ बिमा, योग, ध्यान केन्द्र स्थापना, सरकारको नीति अनुसार विद्यालयमा प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने कार्यक्रम घोषणा गरेका छन् ।

विद्यालयको पठनपाठनमा प्रगति विवरण पेश गर्न विद्यालय व्यवस्थापन र प्रअसँग वार्षिक सम्झौता गरिने नीति तथा  कार्यक्रममा उल्लेख छन ।

खेलकुदको क्षेत्रलाई अपनत्व दिलाउन पालिका कप प्रतियोगिता संचालन गर्ने, संघीय नीति अनुसार विद्यार्थीले पढदै, कमाउदै गर्ने सीप मुलक कृयाकलापलाई भुम्लु गाँउपालिकाले सुरु गर्ने अध्यक्ष भुजेलले प्रसतुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले संचालन गरेको सभामा उपस्थित सदस्यहरुले आ– आफ्ना सुझाव प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको छ ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: