काठमाडौं । धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जीप उदयपुरको चुहारमा दुर्घटना हुँदा ७ जनाकाे ज्यान गएकाे छ । मृतकहरूमा ३ जना पुरुष, ३ महिला र एक जना नाबालक छन् । घटनास्थलमै सात जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार दुर्घटनाका ज्यान गुमाउनेहरूमा जीप चालक रमेश बस्नेतसहित छन् ।
घटनास्थलबाट स्थानीयबासी र प्रहरीले अन्य ८ यात्रुको उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन् । घाइतेहरूलाई सप्तकोसीमा चल्ने जेटबोटबाट चतरसम्म लगिएको थियो ।
धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको बोलेरो बिहीबार बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका- ७ मैनामैनीमा दुर्घटनामा परेको थियो ।