काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा सात सय १० सदस्य मनोनयन गरेका हुन् । सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी नेविसङ्घमा सदस्य थप गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय समितिमा काभ्रेपलाञ्चोक जिल्लाबाट १३ जना मनोनित भएका छन् । जिल्लाबाट उज्वल प्रधान, प्रेम बहादुर थाेकर, सुन्दर बडाल, विजय सापकोटा, विजय लामा, समूर्ण थापा, प्रचण्ड भुर्तेल, अष्मी तिमिल्सिना, गणेश थापा, राजेन्द्र बजगाई, अनिल बोलखे, प्रतिक महत र सहदेव तिमिल्सिना रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google