तेमाल गाउँपालिकाको १६औं अधिवेशन सम्पन्न, जनतामा आशा र भरोसा जगाउने गरी काम गरिरहेको अध्यक्षको दाबी

दर्पण दैनिक १० माघ २०८१,२०:३७
post

काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको गाउँसभाको १६औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन अर्धवार्षिक समिक्षा सहित विभिन्न प्रस्तावहरु पारित गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले अर्धवार्षिक समिक्षा प्रस्तुत गरेका थिए भने उपाध्यक्ष दलमान थोकरले प्रस्तावहरु प्रस्तुत गरेका थिए । 

अधिवेशनले आर्थिक वर्ष २०८१-०८२ को अर्धवार्षिक प्रगति समिक्षा, पालिकास्तरीय तथा वडा स्तरीय योजना संशोधन सम्बन्धमा, विपदमा रकमान्तर गर्ने योजना, कर्मचारीको संगठन तथा कार्यावधि, आइ इ इ रिपोर्ट स्वीकृत, तेमाल गाउँपालिकाको भूमी विद्येयक २०८१ लगायतका प्रस्ताव पारित गरेको छ ।

गाउँसभाको १६ औं अधिवेशन बैठकबाट तेमाल गाउँ कार्यपालिकाको मिति २०८१-१०-०९ गतेको बैठकको निर्णय माथी छलफल गरी आव २०८१-०८२ को अर्धवार्षिक प्रगति समिक्षा सर्वसम्मत पारित गर्ने निर्णय गरिएको छ । 

त्यस्तै, तेमाल गाउँपालिकाको पालिकास्तरिय तथा वडास्तरीय योजनाहरु संशोधन १६औं अधिवेशन बैठकबाट सर्वसम्मत पारित गर्ने निर्णय गरिएको छ । 

त्यस्तै, विपद्को समयमा बाढी पहिरोबाट क्षति भएको सडक मर्मतका लागि खर्च भए बापत भुक्तानी गर्न रकमान्तर गरेको बजेट शीर्षकहरु आजको गाउँसभाको १६औं अधिवेशन बैठकबाट अनुमोदन गर्ने निर्णय गरिएको छ।


अधिवेशनमा गाउँपालिका प्रवक्ता तथा ७ नं वडा अध्यक्ष इन्द्रलाल तामाङले स्वागत गरेका थिउ । वडाका  १ अध्यक्ष ईन्द्र अधिकारी र  वडा ९ अध्यक्ष चन्द्रबहादुर तामाङले आआफ्नो भनाई राखेका थिए । कार्यक्रमका सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले गरेका थिए ।


गाउँसभाको १६औं अधिवेशनमा आर्थिक वर्ष २०८१-०८२ को अर्धवार्षिक समिक्षा प्रतिवेदन प्रस्तुत गर्दै पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले  तेमाल गाउँपालिकाको आर्थिक–सामाजिक, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध तेमाल, सुखी तेमालको आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले भने, ‘तेमाली जनताको सुख र समुन्नतिका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा गाउँपालिका प्रतिको आशा र भरोसा जगाउने गरी तेमाल गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।’

अध्यक्ष तामाङका अनुसार गाउँपालिका आव २०८१-०८२ मा विपदबाट क्षति भएका तेमाल गाउँपालिका केन्द्र जोड्ने सडक तथा अन्तर्गतका वडा कार्यालय जोड्ने २५० किमि सडक मर्मत, रोलिङ भएको गोरेटो बाटो ५ दशमदव ६ किमि मर्मत गरिएको छ । गाउँपालिकाका सवै वडामा सडकको पहुँच पुगेको तामाङले जानकारी दिए  । गाउँपालिकाबाट अन्य गाउँपालिका तथा प्रमुख राजमार्ग सम्मको सडक पहुँचलाइ सुदृढ वनाइएको उनले बताए । 


 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: