बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट, के–के छन् कार्यसूची ?

दर्पण दैनिक १८ माघ २०८१,०८:४४
post

मकवानपुर । चार महिनापछि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सरकारले पर्याप्त बिजनेसबिनै डाकेको प्रदेशसभाको १५ औं अधिवेशनको पहिलो बैठकमा कुनै पनि विधेयक पेस नहुने भएको छ।

बिहान ११ बजेबाट सुरु हुने बैठकमा सदनमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले अधिवेशन सुरुवातको शुभकामना सन्देश मात्र दिने कार्यसूची निर्धारण गरिएको छ । बिहीबार साँझ बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।


सभामुख पाठकका अनुसार प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा सदनलाई जानकारी गराउने समेत कार्यसूची निर्धारण भएको छ । गत ३१ वैशाख २०८१ देखि सञ्चालन भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशन असोज ७ गते सकिएको थियो । यस अवधिमा बसेका ३८ वटा बैठकले चारवटा विधेयक पारित गरेको थियो । लामो समयदेखि प्रदेशसभा नराखेको भन्दै विपक्षी दलहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

यसैबीच विपक्षी दलहरुले सरकारले विगतमा गरेका सहमति कार्यान्वयनको प्रगति बारे बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रश्न उठाएपछि सम्भावित कार्यसूची हेरफेर गरिएको छ । सरकारले आजको बैठकमा केही विधेयकहरु टेबुल गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राप्रपाले विगतको सहमति कार्यान्वयनमा जोड दिएपछि कार्यसूची संशोधन गरिएको हो । कार्यव्यवस्था बैठकमा नेकपा एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टी भने सहभागी थिएनन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post