पूर्वराजा शाहको वक्तव्यमा एकीकृत समाजवादीले गर्याे यस्ताे टिप्पणी

दर्पण दैनिक ८ फाल्गुन २०७९,१९:१०
post

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजा शाहको वक्तव्य 'लोकतान्त्रिक गणतन्त्रविरुद्धको असंवैधानिक र अनधिकृत वक्तव्य' भएको टिप्पणी गरेका छन् । 

"जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको नेपालको संविधानद्वारा सामान्य नागरिक बनाइएका पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते ७३औँ प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत वक्तव्य हो," विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोहीपनि 'श्री ५ महाराजधिराज' नरहेको तथा सम्पूर्ण नेपाली सामान्य नागरिक भइसकेको बताइएको छ ।

'उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूप्रति जसरी लाञ्छना लगाइएको छ, त्यो आपत्तिजनक छ,' विज्ञप्तिमा भनिएको छ ।

केही दिन अगाडि झापाबाट सुरु भएको एउटा गणतन्त्र विरोधी अभियानको उद्घाटन गरेका ज्ञानेन्द्र शाहले विगतमा राजतन्त्रले पटकपटक जनताका अधिकारमाथि धावा बोलेको प्रसङ्गलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्थाविरुद्ध बोल्नु सरासर गलत भएको एकीकृत समाजवादीको निष्कर्ष छ । 

"यसले मुलुकको अग्रगमन र प्रगति चाहनेहरूलाई गम्भीर र चिन्तित बनाउनु स्वाभाविक छ । अतः सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र व्यक्तिहरू यस खाले गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ," विज्ञप्तिमा भनिएको छ ।

पूर्वराजा शाहले विगतको १५ वर्षमा विकास हुनुको साटो थप अधोगतिमा गएको बताएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: