
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मजदुर विशेष जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार काठमाण्डौको ढल्कोमा सम्पन्न भेलाले गोविन्द तामाङको अध्यक्षतामा ११ सदस्यीय समिति पुनर्गठन गरेको समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिएका छन् ।
समितिको उपाध्यक्षमा तिलक थापा मगर, सचिवमा सुमिना गुरुङ र कोषाध्यक्ष माया मोक्तान चयन भएका छन् ।
जसपामा नेवाः समिति मातहत रहने गरी काठमाण्डौ उपत्यकामा कार्यरत मजदुरहरु आवद्ध हुन सक्ने गरी मजदुर विशेष जिल्ला समिति बनाइएको छ । जसपाले मजदुरको संगठनलाई विशेष जिल्लाको मान्यता दिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google