
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको सभापतिमा सुवर्ण रोकाहा क्षत्री निर्वाचित भएका छन् । आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनमा १७७ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी ध्रुव अधिकारीले १०५ मत ल्याएका छन् । कुल २८५ मत खसेको थियो ।
त्यस्तै उपसभापतिमा १६९ मत ल्याएर सुकबहादुर तामाङ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी भेषबहादुर खड्काले १०५ मत ल्याएका छन् ।
सचिवमा मिलन राना निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा योगेन्द्र जंग बस्नेत १५० मतसहित बिजयी बनेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उनका प्रतिद्वन्द्वी राजेश्वर अम्गाईले १२२ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा अञ्जना काप्री (खुल्ला महिला), रिता श्रेष्ठ (जनजाती), बिष्णुमाया अम्गाई (खुल्ला), सानुमैया नेपाली ( दलित महिला), मञ्जर अन्सारी (मुस्लिम) र सुमित गुरुङ (खुल्ला पुरुष) निर्वाचित भएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)

















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google