काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि समर्थन गरेको थियो ।
'सर्वसम्मत रुपमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षीमा बस्ने हामीले निर्णय गरेका छौं,' बैठकपछि सभापति रवि लामिछानेले भने ।
चार महिनापछि समर्थन फिर्ता लिएको रास्वपाका नेताहरुले बताएका छन्। पार्टी कार्यालय बसुन्धारामा बैठक बसेको थियो । वैशाख १० मा सम्पन्न प्रतिनिधि सभाको उप निर्वाचनपछि रास्वापाले सरकारमा जाने नजानेबारे निर्णय गरेको थिएन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रास्वपालाई सहभागी गराउन पहल गरेका थिए । रास्वपाले उप निर्वाचनमा चितवन-२ र तनहुँ-१ मा चुनाव जितेको थियो। अहिले २१ सांसद रहेको रास्वपा प्रतिनिधि सभाको चौथो ठूलो दल हो ।