काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पार्टीभित्रका खराब तत्त्वलाई समयमै चिन्नुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत रास्वपामा भित्रिएका कतिपय खराब तत्त्वको बेलैमा पहिचान गरेर पार्टी शुद्धीकरण गर्न अति आवश्यक रहेको बताएकी हुन् । जनताले आशा गरेको पार्टीलाई दलदलमा गाड्न खराब मानिसहरू सक्रिय भएकाले बेलैमा ध्यानाकर्षण हुनुपर्ने उनले बताइन् ।
‘रास्वपामा भित्रिएका कतिपय खराब तत्त्वको पहिचान बेलैमा गरेर पार्टी शुद्धीकरण गर्न अति आवश्यक देखियो । पार्टीमा भित्रिएका केही मान्छेहरूले कहिले पदको लागि हानाहान गर्ने त कहिले पत्रकारको टाउको फोड्ने, यस्ता बदनामीपूर्ण समाचार सुन्दा दुख लाग्छ,’ केन्द्रीय सदस्य संग्रौलाले भनेकी छन्, ‘रवि लामिछानेको इमानदारिता, मेहनत, लगन, संघर्ष र सपनाको जगमा उभिएको रास्वपामा छिरेर गलत हर्कत गर्नेलाई छानी छानी निष्कासन गरियोस् । जनताले आशा गरेको यो दललाई दलदलमा गाड्न निक्कै खराब मानिसहरू सक्रिय हुँदै जाँदा नेतृत्वको बेलैमा ध्यानाकर्षण होस् ।’
उनले समर्थकलाई भन्दा स्वार्थमा लागेकाहरूलाई भित्र्याएको भन्ने गुनासोलाई सम्बोधन गर्न पनि माग गरेकी छन् । ‘हिजोको दिनमा रवि लामिछाने ज्युलाई आपत् पर्दा साथ, हात र हिम्मत दिने युवाहरूलाई पार्टीले विश्वास नगरेर पछिल्लो समय भित्रिएका तर रविलाई संकट पर्दा कहीँ कतै नदेखिएका, बरु उल्टै खुच्चिङ भन्दै हिँडेकाहरूलाई काखी च्यापेको भनेर धेरै साथीहरूले मसँग गुनासो गरिरहनु भएको छ,’ उनले अगाडि भनेकी छन्, ‘यस विषयमा पनि नेतृत्वको गम्भीर ध्यानाकर्षण होस् । सबैलाई समेटेर लगियोस् । पैसावाला र पावरवाललाई भन्दा पनि परिश्रमवालाहरूलाई पार्टीले स्थान दिँदै जानुपर्छ ।’ने
ताहरूले जनताका अपेक्षाहरूमा केन्द्रित हुँदै जानुपर्ने उनको सुझाव छ । ‘अन्य दलभन्दा रास्वपा फरक हुनुपर्छ, जनमुखी हुनुपर्छ, हाम्रा नेताहरूले गफ र अन्तर्वार्तामा बढी समय खर्च गर्नु हुँदैन । जनताका अपेक्षाहरूमा केन्द्रित हुँदै जानुपर्छ । अनि मिसन ८४ मा देशभरिबाट परिवर्तनको घण्टी बजाउनु पर्छ,’ संग्रौलाले भनेकी छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)




















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google