
काठमाडाैं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन काठमाडौंमा सुरु भएकाे छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सुकेधाराको एक पार्टी प्यालेसमा सम्मेलनकाे उद्घाटन गरे । सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य काठमाडौं आएका छन् ।
सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७ सय ८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी रहेकाे कांग्रेसले जनाएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google