
काठमाडौं । नेकपा एमालेका नेताहरु राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको पक्षमा भोट माग्न एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकहाँ पुगेका छन् । बिहीबार मध्यान्ह एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङसहित पाँचजना नेताहरु समाजवादीको आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् ।
समाजवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरिसकेको अवस्थामा नेम्वाङसहितका एमाले नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। अहिले नेपाल निवासमा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र निवर्तमान परराष्ट्रमन्त्री विमला राई पौडेल पुगेका हुन् ।
नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा एमाले नेताहरुसँगको छलफलमा छन् ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमाले एक्लै चुनावी मैदानमा छ । उता एकीकृत समाजवादीले पुरानै पाँच दलीय गठबन्धनमा फर्किँदै राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाउने निर्णय लिइसकेको छ ।

























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google