काठमाडाैं । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा सत्ता गठबन्धनतर्फका चारैजना उम्मेदवार विजयी भएका छन् । बिहीवार भएको मतदानमा बागमतीमा उम्मेदवार भएका नेपाली कांग्रेसका दुई, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का एक–एक उम्मेदवार विजयी भएका हुन् ।
अन्यतर्फ कांग्रेसका जीतजंग बस्नेत, दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल, महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी र माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी विजयी भएका हुन् ।