काठमाडौं । बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक चैत १० गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो ।
बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विश्वासको मत लिने तयारी गरेका थिए ।
तर, कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google