काठमाडौं । लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएकी हुन् ।
नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।
शपथ ग्रहण गरेको एक महिनासम्म जिम्मेवारी नतोकिएकी केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मन्त्रालय बाँडफाँड र अब तोकिने जिम्मेवारीमा केसी असन्तुष्ट रहेको बताइएको छ । उनलाई भौतिक पूर्वाधार मन्त्रालय चाहिएको, उनको जिम्मेवारीमा आन्तरिक मामिला मन्त्रालय पर्ने भएपछि उनी असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google