कांग्रेस, एमाले र माओवादीका साझा उम्मेदवारलाई हराउँदै एकीकृत समाजवादीका आचार्य विजयी

दर्पण दैनिक १७ चैत्र २०७९,१३:३४
post

खोटाङ । खोटाङ उद्योग वाणिज्य संघकाे अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार राजनप्रसाद आचार्य विजयी भएका छन् । कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवारलाई भारी मतले पराजित गर्दै आचार्य विजयी भएका हुन् । गठबन्धनका साझा उम्मेदवारलाई कांग्रेसका समुन्द्रप्रसाद जोशीलाई एक सय ९६ मतले पछि पार्दै आचार्य अध्यक्षमा विजयी भए । 

नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका सचिवसमेत रहेका आचार्यले तीन सय ३४ मत प्राप्त गरेर विजयी हुँदा जोशीले एक सय ३८ मत मात्र प्राप्त गरे ।  कुल ६ सय ७१ मतदाता रहेको उद्योग वाणिज्य संघको बिहीबार भएको निर्वाचनमा चार सय ८० मत खसेको जनाइएको छ । 

महासचिवमा स्वतन्त्र उम्मेदवार भनिएका कांग्रेसका अजय बस्नेत भारी मतान्तरले विजयी भएका छन् । महासचिवमा विजयी बस्नेतले तीन सय ४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुमन श्रेष्ठले एक सय २३ मतमात्र प्राप्त गरेका छन् । 

कोषाध्यक्षमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार कांग्रेसका युधीर शाक्य विजयी भएका छन् । अध्यक्षमा पराजित जोशीको प्यानल (समूह)बाट सदस्यमा कुमार बजिमय तीन सय ७१, कृष्णकुमार श्रेष्ठ ‘मणि’ दुई सय ७८, टंकप्रसाद आचार्य तीन सय तीन, रोशन सैंजु तीन सय १३, विपिन श्रेष्ठ दुई सय ७७ र हिरालाल पुरी दुई सय ७२ मत ल्याएर सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष आचार्यको प्यानल (समूह)बाट एकजना कैलाश भट्टराईले मात्र दुई सय ५२ मत ल्याएर विजयी भएको जनाइएको छ । 

वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई ‘माया’, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भएका थिए । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: