बागमती प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

दर्पण दैनिक १० फाल्गुन २०७९,०७:५३
post

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।

यद्यपि बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका कार्यसूची तय गर्ने छ ।

राजेन्द्र पाण्डे नेतृत्वको अघिल्लो सरकारले पाँच वटा अध्यादेश जारी गरेको थियो । ती अध्यादेश शालिकराम जम्मकट्टेल नेतृत्वको वर्तमान सरकारले गत पुस १८ गते सदनमा पेस गरेको थियो ।


अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत् पारित गरी प्रमाणित गर्नुपर्ने प्रदेश सभा नियमावलीको व्यवस्थाअनुसार आज प्रदेश सभा बैठक बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस गरिने छ ।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: