कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको लागि आज सांसदको हस्ताक्षर सनाखत

दर्पण दैनिक २७ आश्विन २०८०,०६:४७
post

काठमाडौैं । कोशी प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखतका लागि सांसदहरूलाई शनिबारको समय दिएका छन् ।

प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मका लागि प्रदेशसभाका दुवैतिर हस्ताक्षर गर्ने सबै सांसदलाई सनाखतका लागि बोलाएका हुन् । 

कोशी प्रदेशमा शुक्रबार ५ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेस गर्न समय दिइएको थियो । उक्त समयमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेस सांसद केदार कार्कीले समान ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । उक्त दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुवैतिर उल्लेख छ । 

दुवैतिर हस्ताक्षर रहेको कारण सनाखतका लागि बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्कीले एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर समावेश गरेका छन् भने आङ्बोले कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)को १ सांसदको हस्ताक्षर समावेश गरेका छन् ।

प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखत पछि शनिबार नै मुख्यमन्त्री नियुक्त गर्ने बताइएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: