तेमाल गाउँपालिका ३ का ४० घरधुरीलाई राँगा र पाडी वितरण

दर्पण दैनिक २५ जेष्ठ २०८१,१४:०९
post

काभ्रे । तेमाल गाउँपालिका ३ मा रहेको माझी समुदायका ४० घरधुरीलाई राँगा र भैँसी (पाडी) वितरण गरिएको छ ।  वडा नम्बर ३ का वडाध्यक्ष बिष्णुबहादुर तामाङको पहलमा पालिका अध्यक्ष चन्द्र बहादुर तामाङ र कृषि शाखा प्रमुख कुलदिप पहाडीको उपस्थितिमा भैँसी तथा राँगो वितरण गरिएको हो । उक्त राँगो तथा पाडी पालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । 

सो क्रममा पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले माझी समुदायले कृषि तथा पशुपालनको माध्यमबाट जिविकोपार्जन गर्ने विश्वास व्यक्त गररे । उनले भने, ‘गरीब तथा किसानलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने चुनावी प्रतिवद्धता अनुसार पालिकाभरी नै काम गरिरहेका छौँ ।’ 

केहि दिन अगाडी पालिकामै विभिन्न कृषि सामाग्रीहरु, हाते ट्याक्टरसमेत वितरण गरिरएको थियो । 


सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३