काठमाडौं महानगर र फ्यानको अनुगमन, खुशिबुमा विक्रि गर्दै गरेको ५ हजार अबैध भारतीय फूलमाला नष्ट

दर्पण दैनिक २६ कार्तिक २०८०,१६:२६
post

काठमाडौं । स्वदेशी फूल विक्रीका लागि काठमाडौँ महानगरपालिकाले यस वर्ष तिहारमा कठमाडौंका चार स्थलबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाएको छ । यो सँगै नेपाली उत्पादनलाई प्राथमिकता दिने बताएको महानगरपािलकाले फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको संयुक्त प्रयासमा अनुगमन समेत गरिरहेको छ । आज विहानैदेखि फ्लोरिकल्चर एसोसिएसन नेपाल र नगर प्रहरीको टोलिले अनुगमन गरिरहेको छ । 

अनुगमनको क्रममा टोलिले काठमाडौं १७ खुशिबु शोभा भगवती मन्दिर छेउमा अबैधरुपमा भारतीय माला तथा फूल विक्रि गरिरहेको भेटाएपछि सटरमा ताला लगाएको थियो । विल विजक नभएको र जुत्ता पसल रहेको सटर खाली गराएर फूल तथा माला बेचिरहेको अवस्थामा भेटिएपछि सो सटरमा ताला लगाइएको थियो । सो विवाद सोह्रखुट्टे प्रहरीमा पुगेपछि प्रहरीले फ्यानका पदाधिकारीसहितको टोलि, जनप्रतिनिधि र फूल बेच्ने व्यक्तिलाई राखेर सो अबैध करिब ५ हजार मालाई नष्ट गर्ने गरि कागज गरिएको एक पुष्प व्यवसायीले बताए ।अनुगमनमा फ्यान प्रतिनिधि मन्जु तामाङ, भीम रसाइली, कमला भण्डारी, पूजा मर्हजनलगायत  फ्यानकाे कट फ्लावर रिटेल सब–कमिटी खटिएकाे छ । 


फ्लोरिकल्चर एसोसिएसन नेपालका कार्यसमिति सदश्य तथा पुष्प व्यवसायी राजु तामाङका अनुसार आज विहानैदेखि काठमाडौंका विभिन्न स्थानमा महानगरपालिका र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त टोलिले अनुगमन गरिरहेको छ ।  सो क्रममा भोटिएका अबैध फूल तथा माला नष्ट गरिने र नेपाली उत्पादनलाई महानगरपालिकाले तोकेको ठाँउमा लगेर बेच्न सघाउने तामाङले बताए । उनले भने, ‘भारतबाट वैधानिक रुपमा आएको र मापदण्ड अपनाएर बेच्ने फूलमाला दर्ता भई फूलकै कारोबार गर्ने व्यवसायीले सटरबाट बेच्न पाउने छन्, भने नेपाली उत्पादन तोकिएको खुला स्थानबाट समेत बेच्न पाउनेछन् ।’


काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बेच्ने ठाउँको प्रबन्ध मिलाएको छ । 

हिजोमात्रै महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हामीले नेपाली फूल उत्पादकलाई फूल बेच्न अवरोध नगर्ने बताएका थिए । उनले भनेका थिए , ‘नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ ।’

किसानलाई स्वदेशी उत्पादन विक्रीका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गर्दै प्रमुख शाहले, उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गरेका छन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९