रेड्मी नोट १३ सिरिजका फोनमा छुट अफर, कुन फोनमा कति छुट ?

दर्पण दैनिक २३ असार २०८१,०९:३०
post

काठमाडौं । शाओमीले नेपालमा जुलाई ज्याकपट अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत रेड्मी नोट १३ सिरिजका मोडेलमा चार हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो छुट योजना रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जीमा लागु हुनेछ ।जुलाई १ देखि ३१ सम्म शाओमीका नेपालभरका रिटेल आउटलेटर आधिकारिक मी स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले अफरले  इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोन अझ धेरै मानिसका लागि उपलब्ध गराउने लक्ष्य राखेको बताए ।


कुन फोनमा कति छुट ?

रेड्मी नोट १३ को ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको फोनको मूल्य २४ हजार ९९९ रहेकोमा अफर अवधिभर २३ हजार ९९९ मामिल्ने कम्पनीले जनाएको छ ।

यस्तै, आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको २६ हजार ९९९ रुपैयाँको फोन २६ हजार ९९९ मा मिल्ने कम्पनीले जनाएको छ ।

रेड्मी नोट १३प्रो को आठ जीबी र्याम र २५६ स्टोरेज रहेको फोनको मूल्य ३४ हजार ९९९ रहेकोमा अफर अवधिभर ३२ हजार ९९९ मा मिल्नेछ ।

यस्तै, १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेको ३९ हजार ९९ रुपैयाँको फोन ३५ हजार ९९९ रुपैयाँमिल्ने कम्पनीले जनाएको छ ।

रेड्मी नोट १३ प्रोप्लस ५जीको आठ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको फोनको मूल्य ४७ हजार ९९९ रहेकोमा अफर अवधिभर ४५ हजार ९९९ मामिल्ने शाओमीले जनाएको छ ।

यसको १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ५२ हजार ९९९ रहेकोमा जुलाई महिनाभर ५० हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९