बीपीडब्लु लघुवित्तको आईपीओ बाँडफाँट, ८ हजार ९५ जनाले १० कित्ताका दरले सेयर पाए

दर्पण दैनिक ३ चैत्र २०७९,१५:५६
post

काठमाडौं । बीपीडब्लु लघुवित्तको प्राथमिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ ।  आज (चैत ३ गते) शुक्रबार लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता सेयर निष्काशनमा ल्याएको थियो । लघुवित्तको आईपीओमा कुल १४ लाख ५९ हजार ७८४ जनाले १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख ५८ हजार २७८ आवेदन स्वीकृत भएको छ भने १ हजार १३६ आवेदन रद्द भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । यस अनुसार कुल ८ हजार ९५ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९