काठमाडाैं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
एनसीसी र कुमारी बैंक मर्ज हुनुअघि खनाल कुमारी बैंककै सीईओ थिए । मर्जपछि बनेको कुमारी बैंकको सीईओ भने रमेशराज अर्याल बनेका थिए । अर्यालले पदबाट राजीनामा दिएपछि कुमारी बैंकले खनाललाई सीईओमा नियुक्त गरेको हो । चार्डर्ट एकाउन्टेन्ट खनालले एनआईसी एसिया क्यापिटलको सीईओको रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् ।