११ महिनामा वैदेशिक रोजगारीमा १ हजार ३३३ जनाको मृत्यु

दर्पण दैनिक २६ असार २०८२,१८:५६
post

काठमाडौं । बितेको ११ महिनामा वैदेशिक रोजगारीका क्रममा एक हजार ३३३ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ का ११ महिनामा वैदेशिक रोजगारीका क्रममा उनीहरूको मृत्यु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डको विवरणानुसार, वैदेशिक रोजगारीमा गएका मध्ये जेठमा मात्र ११६ जनाको मृत्यु भएको छ । ०८१ साउन १ देखि ०८२ जेठ मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीमा गएका मध्ये प्रत्येक महिना औसतमा १२१ जनाभन्दा बढीको मृत्यु भएको बोर्डको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा एक हजार ३४६ जनाले ज्यान गुमाएका थिए । वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२, २०७७/७८ मा एक हजार २४३, २०७८/७९ मा एक हजार ४७९ र २०७९/८० मा एक हजार २१ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ ।

चालु आर्थिक वर्षका ११ महिनामा बोर्डले कल्याणकारी कार्यमा एक अर्ब १४ करोड २५ लाख ११ हजार ४० रुपैयाँ खर्च गरेको छ । त्यसमध्ये वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार ३३३ जनाका परिवारलाई आर्थिक सहायतास्वरूप ८७ करोड ८२ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहायतास्वरूप ६९ करोड ९९ लाख पाँच हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा ‘वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने, अलपत्र परेका कामदारलाई स्वदेश फिर्ता गराउने, क्षतिपूर्ति दिने, कामदारको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने, वैदेशिक रोजगारको क्रममा मृत्यु भएका कामदारको शव नेपाल ल्याउनेलगायत वैदेशिक रोजगारमा गएका कामदारको हकहितको लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरिने’ उल्लेख छ ।

यसनिम्ति वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले आफ्नो करार अवधिअनुसार कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । तीन वर्ष करार अवधि भएकाले एक हजार ५०० सय र त्योभन्दा बढी करार अवधि हुनेले दुई हजार ५०० रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

वैदेशिक रोजगारीका क्रममा कुनै कामदारको मृत्यु भएमा कल्याणकारी कोषमा जम्मा रकमबाट बोर्डले परिवारलाई हाल १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ । आर्थिक वर्ष २०८०/८१ मा मात्र उक्त कोषमा एक अर्ब नौ करोड ४० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको थियो ।

बोर्डको तथ्यांकानुसार, चालु आर्थिक वर्षका ११ महिनामा उद्धार तथा खोजतलासमा ११ लाख, शव झिकाउन दुई करोड ८५ लाख २९ हजार, शव ढुवानी गर्न दुई करोड ७९ लाख ७८ हजार, पारिवारिक औषधोपचारका निम्ति एक करोड १७ लाख १० हजार, वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका कामदारलाई आर्थिक सहायता १६ करोड ५१ लाख ७९ हजार र वैदेशिक रोजगार सन्तति छात्रवृत्तिमा दुई करोड ९७ लाख २० हजार रुपैयाँ खर्च गरिएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: