काठमाडौं । नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)ले देशले भोगिरहेको आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
बिहीबार हुने ‘क्राइसीस टु राईज, अनलकिङ इकोनोमिक पोटेन्सीयल इन डिसगाईज’ विषय दिइएको सो सम्मेलनमा देशमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा खास बहस हुने एक्यानले जनाएको छ ।
सो कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् । उद्घाटन सत्रमा अर्थमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, शिक्षामन्त्री सुमना श्रेष्ठ लगायतले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको एक्यानले जनाएको छ ।
कार्यक्रमको दोश्रो सत्रमा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई जोडेर विशेष बहस हुनेछ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा कि नोट स्पिकरका रुपमा रहने सो सत्रमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश कुमार अग्रवाल, नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग वाणिज्य महासंघकि पूर्वअध्यक्ष भवानी राणा, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले विशेष बहस गर्नेछन् । सो कार्यक्रमलाई नबिल बैंक लिमिटेडका डेपुटी सीईओ मनोज ज्ञवालीले मध्यस्थतता गर्नेछन् ।
कार्यक्रमको तेश्रो सत्रमा नेपालको समृद्धिको र आर्थिक विकासका विषयमा खास बहस हुनेछ । पूर्वमन्त्री मिनेन्द्र रिजाल कि नोट स्पिकरका रुपमा रहने सो कार्यक्रममा पूर्वमन्त्री विमला राज पौड्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीश चन्द्र पोखरेल र अर्थविद विश्वास गौचनले बहस गर्ने कार्यक्रम छ । सो कार्यक्रमलाई वरिष्ठ सञ्चारकर्मी दिल भुषण पाठकले मध्यस्थतता गर्नेछन् ।
कार्यक्रम नेपालले भोगिरहेको आर्थिक सङ्कटको समाधानको दिशा देखाउने काममा उल्लेखनीय हुने विश्वास एक्यानले जनाएको छ । सो कार्यक्रममा देशका विभिन्न बैंक तथा वित्तीय संस्थाका सीईओहरु, विभिन्न कर्पोरेट हाउसका प्रमुखहरू, बीमा कम्पनी तथा सरकारी निकायका प्रतिनिधिहरू तथा नेपालका चार्टर्ड एकाउन्टेन्टहरूको उल्लेखनीय सहभागिता हुनेछ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)














































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google