सहकारी संस्थाको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने मन्त्रिपरिषद्काे निर्णय

दर्पण दैनिक १० पुष २०८१,०९:१२
post

काठमाडाैँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी ऐन, राष्ट्र बैंक ऐन र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐनलाई संशोधन गर्ने अध्यादेश पारित गर्यो । सहकारी संस्थाको नियमन र बचतकर्ताको रकम फिर्ता गर्न सरकारले यो अध्यादेश ल्याएको भनिएको छ ।

अध्यादेशमा सहकारी संस्थाहरूको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव छ । पाँच सदस्यीय आयोगमा एक जना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ । त्यस्तै सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन खारेज गर्ने भएको छ ।

अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ । अध्यादेशले बचत फिर्ता गर्ने सम्बन्धमा पनि व्यवस्था गरेको छ । त्यसमा पनि पाँच लाखसम्मको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखिनुपर्ने उल्लेख छ । पाँच लाखभन्दा बढी बचतको हकमा भने सम्बन्धित संस्थाले एकै पटक भुक्तानी गर्ने अवस्था नभए मापदण्ड बनाई सदस्यको बचत रकम आनुपातिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था अध्यादेशले गरेको छ ।

राष्ट्रपतिले जारी गरेपछि यो ऐन लागू हुनेछ । बचत फिर्ताको सूचना प्रकाशित भएपछि समस्याग्रस्त सहकारीका सदस्य, बचतकर्ता, साहु तथा लगानीकर्ता बैंक तथा वित्तीय संस्थाले आफ्नो रकम दाबी पेस गर्नुपर्ने व्यवस्था अध्यादेशले गरेको छ ।

त्यस्तै एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारीको सदस्य हुन नपाउने पनि व्यवस्था गरिएको छ । अहिले एकभन्दा बढी संस्थाको सदस्य भए एक वर्षभित्र एक संस्थाको मात्र सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ । सञ्चालक पनि दुई कार्यकालभन्दा बढी हुन नपाइनेलगायतको व्यवस्था छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post