आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एकआपसमा गाभिदैँ

दर्पण दैनिक ६ चैत्र २०७९,१२:४२
post

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । एक कार्यक्रमबीच सम्झौतापत्रमा आइएमई जनरलका अध्यक्ष  हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन् । 

नेपाल बीमा प्राधिकरणबाट जारी भएका निर्देशन तथा नीति–नियमको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तीव्र प्रतिस्पर्धा तथा अवसरलाई ध्यानमा राखी एक सबल र सक्षम बीमा कम्पनीका रुपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले आपसमा मर्ज सहमतिसहित अन्तिम सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ ।

अन्तिम सम्झौताअनुसार दुवै कम्पनी आपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’ रहने सहमति भएको छ। मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिने र दुवै कम्पनीबीचमा भएका प्रारम्भिक सहमति एवं डीडीए प्रतिवेदनका आधारमा  आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सका सेयर अनुपात स्वाप रेसियो क्रमशः १ः१ कायम रहने सहमति भएको छ । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै उत्कृष्ट व्यावसायिक घरानाका व्यक्तिहरुको संलग्नता रहेको हुँदा मर्जरपछि यो कम्पनी उत्कृष्ट बीमा कम्पनी हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल तथा प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले दुवै कम्पनी मर्जरपश्चात पुँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने र व्यवसायका रुपमा पनि उत्कृष्ठ बीमा कम्पनी बन्ने दाबी गरे । देशको सातै प्रदेशमा रहेको ८२ वटा शाखामार्फत सेवा प्रदान गर्ने गरी सहकर्मी साथीहरुबाट उत्कृष्ट सेवा प्रदान गरी एक नमुना बीमा कम्पनीका रुपमा यो कम्पनी रहने उनीहरुको भनाइ थियो । 

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: