काठमाडौँ । साझा यातायातले २५ वटा विद्युतीय माइक्रो खरिद गर्ने भएको छ । ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको साझा यातायातले अब माइक्रो समेत सञ्चालन गर्ने भएको हो । साझा यातायातले काठमाडौंमा विभिन्न रुटमा विद्युतीय बस सञ्चालन गरिरहेको छ । चीनको सीएचटीसी कम्पनीसँग सम्झौता गरी बस ल्याएको थियो ।
साझाले गत चैतमा मात्रै पुलचोकमा ११ वटा विद्युतीय चार्जर डिपो सुरु गरेको थियो। डिपोबाट एकै पटक २२ वटा बस चार्ज गर्न सकिन्छ । लामो समय थन्किएका बस अहिले सञ्चालनमा छन् ।
अब साझाले विद्युतीय माइक्रो खरिदगरी सञ्चालन गर्ने भएको छ । टेन्डरमा सहभागी कम्पनीले असार २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।त्यस्तै साझाले कार्यालय प्रयोजनका लागि ५ वटा विद्युतीय स्कुटर समेत खरिद गर्दै छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google