घट्याे पेट्रोलियम पदार्थको मूल्य, यस्ताे छ नयाँ मूल्यसूची

दर्पण दैनिक १ माघ २०८०,२१:१३
post

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेकाले नेपालमा पनि घटाइएको निगमले जानकारी दिएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर १.२६ रुपैया र डिजेलमा प्रतिलिटर ०.८३ रुपैयाँ मूल्य घटाएर पठाएको छ ।

सोहीअनुसार पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६३.५० रुपैयाँ, दोस्रो वर्गमा १६५ रुपैयाँ र तेस्रो वर्गमा १६६ रुपयाँ पर्नेछ । त्यस्तै डिजेल/मट्टितेल पहिलो वर्गमा १५३.५० रुपैयाँ, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्ज पर्दछन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्ने निगमले जानकारी दिएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: