काठमाडौँ । ओप्पो ए५ प्रो नेपालमा सार्वजनिक भएको छ । गत शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको यो फोन पानी र धूलो प्रतिरोधी रहेको कम्पनीले उल्लेख गरेको छ । यो फोन आइकोनिक लाइटवेट (हलुका) र अल्ट्रा स्लिम (पातलो) डिजाइनमा छ। यो फो आईपी६९ मा बनाइएको छ। जसले पानी र धूलो छिर्न नदिने कम्पनीले उल्लेख गरेको छ ।
एआई लिंकबुस्ट राखिएको फोनमा ३६० डिग्री सराउन्ड एन्टेना सुधारिएको पाउन सकिन्छ । क्वाल्कम स्न्यापड्रागन ६एस फोरजी जेनेरेसन १ मोबाइल प्लेटफर्ममा बनेको यो फोन ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा छ। कलरओएस १५ लाइट रहेकाले यो फोनले उच्च क्षमता प्रदान गर्छ ।
फोनमा ५८०० एमएएच क्षमताको ब्याट्री रहेको छ। यसले ४५वाट सुपरभुक फ्ल्यास चार्ज सपोर्ट गर्छ। १९ मिनेटमै यो फोन ३० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । ओप्पो ए५ प्रो ८ नेपालमा अलिभ ग्रिन र मोचा ब्राउन रंगमा उपलब्ध छ । भोलिसम्म यसको प्रिअर्डर लिन सकिन्छ भने यसरी लिँदा १ हजार रुपैयाँ पैसा फिर्ता पाइन्छ । यसको मूल्य ३२ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google