बजेट संसाेधन गर्न बाध्य भयाे सरकार, निर्वाचन कार्यालय जिल्ला प्रशासनमा गाभ्ने व्यवस्था हटाइयो

दर्पण दैनिक १३ असार २०८०,१७:०१
post

काठमाडौं । प्रमुख प्रतिपक्षी दलदेखि लोकतान्त्रिक मूल्य मान्यताका पक्षधरहरुले समेत तीव्र आलोचना गरेपछि सरकारले निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन मातहत गाभ्ने आर्थिक वर्ष ०८०/०८१ को बजेटमा प्रस्तावित व्यवस्था संशोधन गर्न बाध्य भएको छ । संशोधित व्यवस्था अनुसार जिल्ला निर्वाचन कार्यालयहरु अहिले जेजस्तो अवस्थामा छन् त्यही अवस्थामा स्वायत्त रुपमा रहनेछन् ।

सरकारले खर्च कटौतीको नाममा विभिन्न सरकारी कार्यालयहरु खारेज र एक अर्कामा गाभ्ने भन्दै निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासनको इकाइको रुपमा रहने प्रस्ताव बजेटमा ल्याएको थियो ।

तर लोकतन्त्रमा निष्पक्ष निर्वाचन हुनुपर्ने र त्यसका लागि आयोगहरु स्वायत्त हुनुपर्ने मान्यताकै प्रतिकूल हुनेगरी सरकार उभिएको भन्दै प्रतिनिधिसभामा एमाले, रास्वपा लगायतका विपक्षी दलले तीव्र विरोध गरेका थिए ।

बुधबार पनि बजेट पारित गर्ने कार्यसूचीमा अघि बढ्न खोजेपछि दुई दलले प्रतिनिधिसभामा विरोध गरेका थिए । अर्थमन्त्री प्रकाशशरण महतले उक्त व्यवस्था हटाउने मौखिक प्रतिबद्धता जनाएका थिए । तर त्यसको भरमा मात्रै नहुने भन्दै बुधबारको बैठकमा समेत उनीहरुले आपत्ति जनाएपछि प्रतिनिधि सभाको बैठक नै रोकिएको थियो । सरकारले लिखित रुपमै संशोधन गरी उक्त व्यवस्था हटाउने प्रस्ताव बैठकमा ल्याएपछि मात्र बजेट पास गराउन मतविभाजनको प्रक्रिया सुरु भएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: