महिला लघुवित्त अध्यक्षमा तारा कुँवर, यस्ताे छ नयाँ कार्यसमिति

दर्पण दैनिक २८ फाल्गुन २०८०,१२:४८
post

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छेटौं वार्षिक साधारणसभा आईतबार अर्थात फागुन २७ गते  हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा सम्पन्न भएको छ ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभालाई कम्पनीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।

सभाको प्रमुख अथिति महिला अधिकार तथा विकास केन्द्रको अध्यक्ष तथा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक अध्यक्ष  एमव् पुर्व सांसद तुलसी थापाको रहनु भएको  थियो । सभाबाट संस्थापक तर्फबाट पुन: तारा कुँवर, इमान सिंह गुरुङ, सुभाष जमरकटेल र माया भण्डारी  संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।


सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।  त्यसै गरी सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन  २०७३ को दफा ६३  तथा कम्पनी ऐन २०७३ को दफा १११ अनुसार  आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ ।

त्यसैगरी, सभाले यस वित्तीय संस्थाले अन्य इजाजतप्राप्त 'घ' बर्गका लघुवित्त संस्थाहरुलाई गाभिने/गाभ्ने, प्राप्ति – एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने प्राप्ति एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सविधा बढाउने, संस्थाको प्रवन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिर्माजन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि पारित गरिएको छ ।


सभालाई सव्य र भव्य पार्नको लागि उपस्थित सेयरधनीहरुलाई संचालक समितिका सदस्य सुभाष जमरकटेलले स्वागत मन्तव्य राखेका थिए । त्यसै गरी सभाका प्रमुख अथिति तुल्सी थापाले संस्थाको प्रगति र उन्नतिको शुभकामना व्यक्त गरेका थिइन् । सभ्य र भव्य रुपले सम्पन्न भएको सभामा सेयरधनीहरुले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै भोलीका दिनमा उच्च प्रतिफल दिन आग्रह गरेका छन् । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: