काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमको विज्ञप्तिअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फको साविकको बिक्री मूल्य प्रति लिटर रु १० घटेको छ । जसअनुसार बिक्री मूल्य रु १५० प्रतिलिटर कायम भएको छ ।
यस्तै अन्तर्राष्ट्रियतर्फको साविक विक्री मूल्य प्रति किलो लिटर अमेरिकी डलर २०० घटाएर नयाँ बिक्री मूल्य डलरमा १,१५० कायम गरिएको छ । निगमले डिजेल, पेट्रोल र ग्यासको मूल्य भने यथावत नै राखेको छ ।