काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसिएचएलसँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागी ‘फन्ड ट्रान्सफर मा मोवाइल फोन हातमा ’ अफर सार्वजनिक गरेको छ ।
सो अफरअन्तर्गत हरेक तीनजना मोवाइल बैकिङ प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआइएमवि स्मार्ट एपबाट कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन् ।
सो अफर मंसिर १० देखि पुष ९ सम्म लागु हुनेछ । एनआइएमवि स्मार्ट एपमा उपलब्ध कनेक्ट आइपिएसलाई छनोट गरी फन्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
फण्ड ट्रान्सफर गर्न कएनआइएमवि स्मार्ट एपमा लग–इन गरी फन्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने पनि बैकले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google