काठमाडाैं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो एक वर्षे कार्यकालमा गरेका प्रमुख कामहरू सार्वजनिक गरेका छन् । पछिल्लो समय केही सञ्चारमाध्यमबाट चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै उनले आफ्नो कार्यकाल पारदर्शी भएको जनाउ दिन प्रमुख १० कामलाई बुँदागत रूपमा सार्वजनिक गरेका हुन् ।
यसअघि केही सञ्चारमाध्यममा हमालको नागरिकता र पासर्पोटलाई लिएर समाचार प्रकाशन भएका थिए । उनले आफू २० वर्षे कार्यकालमा विदेशमा विज्ञ रूपमा रहे पनि नेपाली नागरिक भएरै बसेको बताउँदै भ्रामक समाचारले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताए ।
योसँगै उनले आफ्ना प्रमुख कामहरू बुँदागत रूपमा सार्वजनिक गरेका छन् । जुन यसप्रकार छन् ।
१. लगानीकर्ताहरूले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधासहितको सेवा प्राप्त गर्न सक्ने गरी नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) स्थापना गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ देखि लागू गरिएको छ ।
२. सूचीकृत संगठित संस्थाको गाभ्ने गाभिने क्रममा शेयर कारोवार वर्षौंसम्म रोक्का रहने आम लगानिकर्ताको शेयर बन्धक रहने लगायतका समस्या रहेकोमा “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” बनाई स्पष्ट नीति तथा व्यवस्था गरिएको छ । साथै यस नीति अनुरुप १५ दिनभन्दा बढी कारोबार रोक्का नरहने व्यवस्थासमेत लागू गरिसकिएको छ । गाभ्ने गाभिने प्रक्रियाका लागि दिइएको निवेदन उपर आवश्यक छानबिन गरि बढीमा ३ दिनभित्र स्वीकृती दिने व्यवस्था लागू गरिसकिएको छ ।
३. सर्वसाधारण लगानीकर्ताको हकहितलाई ध्यान दिँदै बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० (एक सय) रुपैयाँ सेवा शुल्क लिन सक्ने विगतको व्यवस्थामा परिमार्जन गरी बढीमा ५ (पाँच) रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।
४. वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक शेयर निष्कासनमा १० प्रतिशत शेयर आरक्षण व्यवस्था हुने व्यवस्था मिलाइएको छ । उक्त व्यवस्था गरिएसँगै देशको शोधनान्तर स्थिति सबल बनाउँदै विदेशबाट विप्रेषण आप्रवाह (रेमिट्यान्स) औपचारिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई वैदेशिक विनिमय संचितिमा सहयोग पुगेको छ । यस व्यवस्थाले हुण्डी मार्फत हुने कारोबार निरुत्साहित हुने सम्भावना प्रवल देखिन्छ ।
५. नविनतम सोच तथा ज्ञान भएका तर पर्याप्त स्वपुँजी एंव धितो सुरक्षण नभएका स्टार्टअपका लागि पुँजी तथा व्यवसायीक ज्ञानबिना धितो दिन मिल्ने अन्तराष्ट्रिय अभ्यास अनुसार देशमा भित्राउन पहिलो पटक नेपालमा नाैवटा विशिष्टिकृत लगानी कोष व्यवस्थापकलाई अनुमति पत्र जारी गरिएको ।
६. धितोपत्र दलाल तथा व्यापारीको अनुमतिपत्रमा “कोटा प्रणाली मार्फत अनुमति प्रदान गरिँदै आएकोमा यसको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष पारदर्शी र प्रतिस्पर्धी बनाउन ओपन इन्ट्री एण्ड एक्जिट निती मार्फत मापदण्ड पुग्ने सबैलाई ३५ दिनभित्र सीमा समय तोकी अनुमति प्रदान गर्न नेपाल सरकारको निर्णय अनुसार नियमावली स्वीकृती गराई आवेदन आह्वान गरिएकोमा सम्मानित सर्वोच्च अदालतबाट उक्त निर्णय हाललाई कार्यान्वयन नगराउन आदेश भएको ।
७. धितोपत्र बजारमा लगानीकर्ताको पहुँच वृद्दि सँगसँगै प्रतिस्पर्धी अन्तराष्ट्रीय प्रविधियुक्त धितोपत्र बजारका लागि आवश्यक आवेदन कार्य अगाडि बढाइएकोमा सम्मानित सर्वोच्च अदालतको अल्पकालीन आदेश बमोजीम सो सम्बन्धी कार्य हाल स्थगनमा रहेको ।
८. वस्तु विनिमय संयन्त्र विकासका लागि आवस्यक कार्य अगाडि बढाइएको छ । वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ तथा वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ जारी भएको पाँच वर्षसम्म पनि यस सम्बन्धी आवश्यक कार्य अगाडि नबढिरहेको अवस्थामा वस्तु विनिमय बजार संयन्त्रको विकास तथा विस्तारका लागि बोर्डले २०७९ । ०६ । ०२ गते सूचना प्रकाशित गरी वस्तु विनिमय बजार स्थापनाका लागि आवेदन माग गरिएकोमा सम्मानित सर्वोच्च अदालतको अल्पकालिन आदेश बमोजिम सो सम्बन्धी कार्य स्थगन गरिएको छ ।
९. धितोपत्र सम्बन्धी कसूरहरूमा संगठित संस्थाका संचालकहरूलाई कारबाही गरी भित्री कारोबार भए नभएको सम्बन्धमा छानबिन गर्न बोर्डको इतिहासमा नै पहिलो पटक दुईवटा केशमा तहकिकात अधिकारी नियुक्त गरी कार्य अगाडि बढाइएको छ ।
१०. धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गत बनेका नियमावली, निर्देशिका र विनियमावली अनुरुप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरूलाई ऐन तथा नियम अनुसार कारबाही गरिएको छ । त्यस्तै, संस्थाको वित्तीय विवरण ढिला गरी पेस गर्ने मर्चेन्ट बैंकरहरूलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेस गर्न सूचत गरिएको । त्यस्तै क्रेडिट रेटिङमा “स्वार्थको द्वन्द्व” देखिने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)
















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google