
नेपालमै बनेको यात्री विद्युतीय स्कुटर सार्वजनिक भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेका हुन् ।
सिप्रदी यात्री कम्पनीले नेपालमै निर्माण गरेको उक्त स्कुटरको सोमबार सार्वजनिक गर्दै उनले नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगाएको बताए ।
‘बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगायो ।’
अर्थमन्त्री वाग्लेले उक्त स्कुटर इटालीका प्रख्यात ब्रान्डहरूभन्दा पनि अब्बल बनोस् र विश्व बजारमा फैलिन सकोस् भन्दै शुभकामना पनि दिए । उनले नेपालमै बनेको यो विद्युतीय स्कुटरको विस्तारका लागि सरकारले भरपूर सहयोग र संरक्षण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यात्रीले पहिलो प्रोजेक्ट जिरो २०१७ मा सार्वजनिक गरिएको १० वर्षपछि स्कुटर ल्याएको छ। नेपाली विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर यात्री पी२ मा उच्च क्षमताको मोटर, लामो रेन्ज र फास्ट चार्जिङसहितका फिचर्स उपलब्ध गराउने भएको छ।
यात्री स्कुटर ३ वटा भेरियन्टमा उपलब्ध रहेको छ। टप भेरियन्टको स्कुटरमा १० किलोवाटको पावर आउटपुट दिइएको छ। यसको ब्याट्री क्षमता ५.२ किलोवाट घण्टा रहेको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा पी२ ले १५७ किलोमिटरसम्मको रेन्ज दिनेछ।
मिड रेञ्जको स्कुटरमा ३.७ किलोवाट आवर रहेको छ जसले ११२ किमी रेञ्ज दिन्छ। सबैभन्दा कम क्षमताको ३ किलोवाट आवर ब्याट्रीको ९० किमी रेञ्ज रहेको छ। सबै भेरियन्टमा थप १.८ किलोवाट आवरको ब्याट्री थप गर्न सकिन्छ यसले थप ५० किमी रेञ्ज बढाउने छ।
पी२ को अर्को आकर्षक पक्ष यसको चार्जिङ क्षमता हो। घरायसी चार्जरबाट ब्याट्रीलाई ८० प्रतिशतसम्म चार्ज गर्न २.५ घण्टा लाग्ने दाबी गरिएको छ। त्यस्तै, डीसी फास्ट चार्जिङबाट ८० प्रतिशत चार्ज गर्न ४१ मिनेट लाग्ने उल्लेख गरिएको छ।
स्कुटरको ग्रेडेबिलिटी अर्थात् उकालो चढ्ने क्षमता २१ डिग्री रहेको छ। यो औसत विद्युतीय स्कुटरको १०–१५ डिग्रीको तुलनामा बढी हो। यसले पी२ लाई उकालो तथा भौगोलिक रूपमा चुनौतीपूर्ण सडकमा समेत प्रयोग गर्न लक्षित गरिएको देखाउँछ।
पी२ मा एडभान्स्ड कनेक्टिभिटी फिचर समेत उपलब्ध हुने जनाइएको छ। यसले स्कुटरलाई परम्परागत इलेक्ट्रिक स्कुटरभन्दा बढी स्मार्ट तथा कनेक्टेड बनाउने अपेक्षा गरिएको छ।
धादिङको गजुरीमा प्लान्ट स्थापनागरी व्यवसायीक उत्पादन गर्दै छ। यो स्कुटर अक्टुबरबाट डेलिभरी हुने कम्पनीले जनाएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)





















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google