भारतबाट अवैध रुपले ल्याइएकाे ११२ बोरा चिनी बरामद, सशस्त्र प्रहरी र राजश्वको टोलीमाथि ढुंगामुढा प्रहार

दर्पण दैनिक २३ कार्तिक २०८१,१३:२२
post

काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट १ सय १२ बोरा चिनी बरामद भएको छ । हिजो (बिहीबार) सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले अवैध रुपमा भित्रिएको चिनी बरामद गरेको हो । 

भारतबाट अवैध रुपले नेपाल ल्याएर गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो ।

बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेको सशस्त्र प्रहरीका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरवितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।

उक्त भिडले ढुंगामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाईते भएको डीएसपी थापाले बताए । त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको गाडीमा समेत क्षती पुगेको उनले बताए । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९