गायक योगेश वैद्यको निधन

दर्पण दैनिक ५ माघ २०८०,०८:००
post

काठमाडौं । नेपाली आधुनिक संगीतका सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको निधन भएको छ । विहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको हो ।

उनकी शिष्या एवं गायिका रीता महर्जनले दिएको जानकारी अनुसार विहीवार दिउँसो उनलाई केही असहज महसुस भएको थियो भने बेलुकी सिकिस्त भएपछि अस्पताल लगिएको थियो । ७७ वर्षका उनी लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त थिए ।

गएको माघ १ गते मात्रै उनलाई गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानद्वारा ‘धुस्वां सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कार समारोहमा उहाँ आफै उपस्थित हुन नसकेका कारण भिडियो सन्देश मार्फत आफ्नो मन्तव्य राख्नुभएको थियो । हिँड्न केही असहज भए पनि त्यतिबेला उहाँको स्वास्थ्य भने सामान्य नै थियो ।  


दिवंगत गायक योगेश वैद्यका नेपाली र नेपालभाषामा थुप्रै लोकप्रिय गीतहरू रहेका छन् । नेपाली भाषामा उनका ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ…’, ‘मेरो आँशुमा नहाँसे….’, ‘नेपाल मेरो उपहार भो…’ आदि गीतहरू लोकप्रिय छन् । त्यस्तै नेपालभाषाय् ‘जय नमो सिरि बुद्ध भगवान…’, ‘जिमि यःम्ह थौं जिथाय् वइ….’ आदि अत्यन्त लोकप्रिय छन् ।


आज शुक्रवार पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिने तयारी रहेको जानकारी पारिवारिक स्रोतले दिएको छ । उनका दुई छोरी र एक छोरा छन् । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५